समाचारसन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै !

सन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै !

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका छन् ।

धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन नसकेको हो। उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् । लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो ।

तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्