30.1 C
Kathmandu

समाचारसत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा !

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा !

काठमाडौ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । तसर्थ आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने बिषयमा छलफल हुने भएकोले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा समेत गरिएको छ ।

पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था रहेत पनि त्यसलाई पूर्णता दिन भने सकिएको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्