28.1 C
Kathmandu

कला/ साहित्यअडियोले नै बजार तताउन सफल सेलो गीत 'हेर्दैमा राम्री' भिडियो सहित सार्वजनिक

अडियोले नै बजार तताउन सफल सेलो गीत ‘हेर्दैमा राम्री’ भिडियो सहित सार्वजनिक


काठमाडौ । तामाङ सेलो गीत संगीतको बलियो खम्बाको रुपमा स्थापित वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको तामाङ सेलो गीत ‘हेर्दैमा राम्री’ भिडियो सहित सार्वजनिक भएको छ । अडियो भर्सनले नै बजारमा चर्चा कमाउन सफल उक्त गीत सोमबार विश्व दोङ(Bishwo Dong) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

पछिल्ला समय गीतसंगीत भन्ने बित्तिकै भिडियो सँग दाँजेर हेर्ने दर्शकहरुका लागी भने तामाङ गीत संगीतको बजारमा विश्व दोङ फरक उदाहरणको रुपमा स्थापित भएको देखिन्छ । विश्व दोङले आफ्नै संगीतमा आफैले गाएका तामाङ सेलो गीतहरु भिडियो बनाउनु पूर्व नै चर्चा बटुल्न सफल भएको देखिन्छ । यस अघि सार्वजनिक भएको ‘कहाँ पर्‍यो घर’ बोलको सेलो गीतको अडियो भर्सन हाल सम्म ९१ लाख भन्दा बढिले हेरिसकेका छन् भने यसको भिअर्सलाई भिडियोले समेत उछिन्न सकिएन । त्यस्तै सोमबार सार्वजनिक गरिएको ‘हेर्दैमा राम्री’ बोलको अडियो भर्सन पनि हाल सम्म ३१ लाख भन्दा बढि भिअर्स कमाउन सफल भएको छ । अडियो भर्सनले जत्ति चर्च बटुले त्यत्तिकै टिकटक युजरले पनि रुचाएको देखिन्छ । हामीले यो समाचार तयार पारेको समय सम्ममा यस गीतमा २४ हजार १ सय भन्दा बढि टिकटक युजरले भिडियो बनाएर पोस्ट गरेको पाईन्छ ।

विश्व दोङका सेलो गीतहरुले तामाङ समुदायभित्र मात्र सिमित नभएर समुदाय भन्दा बाहिरका श्रोता र दर्शकको समेत मन जित्न सफल भएको देखिन्छ । युट्युवको प्रतिकृया र टिकटक युजरलाई समेत आधार मानेर हेर्दा विश्व दोङको पछिल्ला दुई सेलो गीतमा तामाङ समुदाय भन्दा बाहिरका दर्शकहरुको समेत उत्तिकै माया रहेको पाईन्छ । कुमार बोम्जनको शब्द रचना रहेको ‘हेर्दैमा राम्री’मा विश्व दोङ स्वयम आफ्नै संगीत रहेको छ भने संगीतकारद्धय दोङको साथमा जनवादी गायिका कमला दोङको सुमधुमर आवाज रहेको छ ।

गीतको भिडियो तर्फ अभि लामाको निर्देशन तथा कोरियोग्राफीमा गायक दोङ आफैले अभिनय गरेका छन् भने उनलाई मोडल सोङ्मित थिङले साथ दिएकि छिन् । भिडियोको छायांकन तथा सम्पादनको सम्पूर्ण कार्य फारा अर्पणले गरेका हुन् ।


भिडियो हेर्नुहोस…..

प्रतिकृया दिनुहोस…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्