23.1 C
Kathmandu

कला/ साहित्यतामाङ समाज युएईको ल्होछार कार्यक्रममा विश्व दोङ र सैलाप वाइबा युएई जाँदै

तामाङ समाज युएईको ल्होछार कार्यक्रममा विश्व दोङ र सैलाप वाइबा युएई जाँदै

काठमाडौ । युएईमा रहेको तामाङहरुको साझा संगठन तामाङ समाज युएईको आयोजनामा सेलो विशेष ल्होछार २०२३ कार्यक्रम हुने भएको छ ।

दुबईको बुर्जमान स्थित होलिडे इन्टरनेशनल होटलमा जनवरी २२ तारिख अर्थात माग ८ गते सोनाम ल्होछारको अवसरमा सेलो विशेष ल्होछार २०२३ कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिनका लागि नेपालबाट बरिस्ठ गायक तथा संगीतकार विश्व दोङ र म्हेन्दोमाया गायक सैलाप वाइबा युएई जाने भएको छ ।

आइतबार बौद्धमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमका गायकद्वय दोङ र वाइबालाई तामाङ समाज युएईका सदस्यहरुले औपचारीक रुपमा निमन्त्रणा दिएका थिए । नेपालबाट जाने कलाकारहरु संगै युएईलाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको समेत बिजोड प्रस्तुति रहने र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव नविन दोङ तामाङले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्