17.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय पर्व ल्होछारको अवसरमा म्हेन्दोमाया गीत ‘ल्होछार खजी’ बजारमा

राष्ट्रिय पर्व ल्होछारको अवसरमा म्हेन्दोमाया गीत ‘ल्होछार खजी’ बजारमा

Maya Thokar

काठमाडौ। नजिकिदै गरेको तामाङहरुको महान पर्व सोनाम ल्होछारको अवसर पारेर तमु ल्होछारको उपलक्ष्यमा शुक्रबार उत्तरी धादिङका म्हेन्दोमाया तथा लोक गायक, म्हेन्दोमाया कलाकार संघ धादिङका संस्थापक अध्यक्ष, निलकण्ठ एफ एमका प्रस्तोता सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको “ल्होछार खजी” तामाङ म्हेन्दोमाया गित बजारमा आएको छ ।  गीतको भिडियो सन्जु लामा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द सन्दिप स्याम्चेनको रहेको छ । स्वर सन्दिप स्याम्चेन र गायिका सन्जु लामाको रहेको छ । लय अनि संगीत संयोजन राजु खड्का, अभिनय एम. बि.गुरुङ, सन्जु लामा,माया थोकर तामाङ र धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले गर्नु भएको छ । उक्त गितको छायांकन सुराज गोम्जा, सम्पादक रोशन धिताल, निर्देशन तथा कोरियोग्राफ एम.बि गुरुङले गरेका थिए । त्यस्तै गीत रेकर्डिङ डिजिटल काठमाडौ रेकर्ड दिपक बि.सि. र मिक्सिङ डिका गुरुङको रहेको छ ।

गीतको मुख्य सन्देश भनेको तामाङहरुको कला संस्कृतिलाई सदैव जोगाइ राख्न बालक देखि पुर्खा सम्म आफ्नै भाषा भेषभुषा रहन सहन रितिरिवाज जोगाइ राख्न पर्छ । उमेर बैष हुदैमा यसको संरक्षण गर्नु पर्छ, नाचेर गाएर भएनी भन्ने मुल सन्देश दिइएको छ । साथै गायक तामाङ बताउनु हुन्छ “आसा छ बिगतका गित संगीतहरुलाई झै माया गरिदिनु हुनेमा बिश्वास लिएको र सम्पुर्ण टिमले निकै नै मिहिनेत गरेकोले उक्त गित र म्युजिक भिडियो राम्रो रहेको” बताउछन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्