30.1 C
Kathmandu

कला/ साहित्यनायीका सुस्मा मोक्तानको जीवनभर पोलिरहने मायाको घाऊ हो-‘बर तेन पिपल’ !

नायीका सुस्मा मोक्तानको जीवनभर पोलिरहने मायाको घाऊ हो-‘बर तेन पिपल’ !

काठामाडौ– नायीका सुस्मा मोक्तानको जीवनभर पोलिरहने घाउ बनेको तामाङ प्रेम गीत हो ‘बर देन पिपल’ । शुक्रबार बौद्धस्थित गाउँले ढिंडो घरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको तामाङ प्रेम गीत बर देन पिपलमा  नायीका सुस्मा मोक्तान र मोडल पर्बत तामाङको मार्मिक प्रेम कहानी व्यक्त गरिएको छ । तर यो प्रेम कहानी वास्तबिकतामा नभएर माया प्रेममा यस्तो पनि हुनसक्छ भन्ने भावका साथ म्युजिक भिडियो मार्फत व्यक्त गरिएको हो ।  

कहिलेकाही एक युगल जोडीको प्रेम कहानी आफ्नो सन्तति र समुदायले बारम्बार सोधिने प्रश्नको जवाफ दिन नसक्ने र जीवन भर भुल्न नसक्ने अवस्था बन्ने गर्दछ । यस्तै घटना घटेको छ बर देन पिपलमा । मायामा संसार भुल्ने त्यो जवानी उमेरमै आफ्नो जीवन साथी गुमाएका सुस्मा मोक्तान  वृद्धावस्थामा  पुग्दा पनि भुल्न नसक्नुको पिडा सङ्गै बर र पिपलको जोडी हेर्दै आफ्नो जीवन संगीलाई सम्झने गरेको देखिन्छ । यही क्रममा आफ्नो नातीनीको प्रश्नमा जवाफ स्वोरुप बताएको  प्रेम कहानीको रुपमा भिडियोलाई ढाल्न खोजेको छ निर्देशक कृष्ण ब्लोनले ।  

अत्यन्तै मार्मिक कथामा बनेको यो भिडियोमा कृष्ण लामा ब्लोनको निर्देशनमा नायीका सुस्मा मोक्तान र पर्बत तामाङको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको रुपमा प्रमिला लामा ब्लोनलाई देख्न सकिनेछ । गीतको अडियो तर्फ भने सानुबाबु घिसिङको शब्द संगीतमा गायीका जीतु लोप्चान र गायक शुरेश तामाङको आवाज रहेको छ । गीतको मिक्सिङ सानुबाबु घिसिङकै रहेको छ भने एरेन्ज आगा लामाको रहेको छ । 

शुक्रवार सम्पन्न भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको प्रमुख अतिथी युवा नेता तथा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य युद्ध बिक्रम लामा (डिबी) रहेका थिए । बिशेष अतिथिमा तामाङ चलचित्रका महानायक अमिर दोङ रहेका थिए भने अतिथिहरुमा नेपाल तामाङ कलाकार संघका कोषाध्यक्ष खेम मोक्तान लगायत अन्य कलाकारहरुको उपस्थिती  रहेका थिए ।

प्रमुख अतिथी युद्ध बिक्रम तामाङले सङ्स्कार, सङ्स्कृति तथा भाषाको संरक्षण गर्ने गीत संगीत यो राज्यकै सम्पत्ती रहेको हुँदा त्यस तर्फ राज्यले ध्यान दिनु पर्ने कुरा उल्लेख गर्दै सिङ्गो टीमलाई सफलताको शुभकामना दिएका थिए ।  

कार्यक्रमको अध्यक्षता मोडल पर्बत तामाङ्ले गरेका थिए भने कार्यक्रममा निर्देशकद्वय कृष्ण ब्लोनले स्वागत मन्तव्य राखेका थिए ।  

भिडियो Krishna Blon Official मार्फत सार्वजनिक गरिएको हो । 

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्