23.1 C
Kathmandu

कला/ साहित्यकाभ्रेली फाइटर र पोखरेली राईडर बिचको धुम मच्चाउने च्यालेन्ज मद्रासी हिरो !

काभ्रेली फाइटर र पोखरेली राईडर बिचको धुम मच्चाउने च्यालेन्ज मद्रासी हिरो !

काठमाडौ– पछिल्ला समय तामाङ गीत सङ्गीतको बजारमा एक पछि अर्को फरक-फरक खालका म्युजिक भिडियोहरु सार्वजनिक हुँदै   आएका छन । यसै क्रममा केही दिन अघि मात्रै काठमाडौको जोरपाटी स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको मद्रासी हिरो बोलको म्युजिक भिडियो फरक धारमा बनेको पाईन्छ ।  

इन्टर्नेटको दुनियाँमा युट्युबमार्फत सार्वजनिक हुने गरेका विभिन्न गीतका भिडियोहरु हेरेर दर्षकले फरक फरक खालका भिडियो हरु हेर्न रुचाउने गर्दछन । यस्तै फरक कन्सेप्टमा बनेको भिडियो हेर्न रुचाउने दर्षकका लागी मद्रासी हिरो राम्रो खुराक बनेको छ । भिडियोमा गीतको शब्दले भने अनुसार मोडल तथा निर्देशकद्वय हेरुका लामा बल काभ्रेली फाइटरको रुपमा प्रस्तुत भएको छ भने अनिता लामा गोलेलाई पोखरेली राइडरको रुपमा प्रस्तुत गरिएको छ । 

पछिल्ला समय म्युजिक भिडियोको सुरुवाती चरण र अन्त भागमा समेत थोरै कथा समाबेश गरेर भिडियोलाई रोचक बनाउने चलन चल्दै आएको छ । मद्रासी हिरोमा पनि त्यसै गरी भिडियोको सुरुवाती, मध्य र अन्त भागमा केही सम्वादको साथमा थप द्रिश्य देखाएर भिडियोलाई अझ रोमान्चक बनाएको देखिन्छ ।

हेरुका लामा अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सुशिल तमाङको शब्द/ संगीत रहेको छ भने आवाज कर्मध्वज लामा र जीतु लोप्चानको रहेको छ । गीतको एरेन्ज जोगलाल लामको रहेको छ । त्यसै गरी गीतको मिक्सिङ मास्टर दिपेश प्रधान रहेको छ । 

भिडियोतर्फ भने हेरुका लामाको निर्देशानमा अनिता गोले, हेरुका लामा, अजय कुमार रन्जितकार लगायतको प्रस्तुती देख्न र हेर्न सक्नेछन ।  भिडियोको छायाङ्कन तथा सम्पादनका सम्पूर्ण कार्य बज्र ङ्यासुरले गरेका हुन ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्