14.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौ-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौंको क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

यसपटक थोरै मतान्तरले चुनाव जित्दै सिंह यस क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । 

सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।

परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्