30.1 C
Kathmandu

कला/ साहित्य"सकसेन थाहा तगाइ" बोलको गीतमा सरोज तामाङ र याङ्गी दोङको प्रेम कहानी 

“सकसेन थाहा तगाइ” बोलको गीतमा सरोज तामाङ र याङ्गी दोङको प्रेम कहानी 

Maya Thokar
काठमाडौ । सोमबार मित्रनगर, बसपार्कमा स्थित द बर्गर हाउसमा “सकसेन थाहा तगाइ” बोलको तामाङ प्रेम गीत तामाङ लोक सम्राट चन्द्र कुमार मोक्तानको प्रमुख अतिथ्यतामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतको संगीत, एरेन्ज/मिक्सिङ कार्साङ लामाले गरेका छन् । पुजा लामा र कार्साङ लामाले गीतमा आफ्नो स्वर भरेका छन् ।

याङ्गी दोङ र सरोज तामाङको अभिनय रहेको यस गीतमा शब्द डिनडि तामाङको रहेका छन् । दोलखाको रमणीय ठाँउहरुमा र काठमाडौं स्थित गोकर्णमा छायांकन गरिएको उक्त गीतलाई सन्चु थोकरले छायांकन, निर्देशन गरेका छन् । रेशम कुमार श्याउली तामाङले सह- छायांकन गरेको र जोन राईले यस गीतलाई सम्पादन गरेको छ ।

प्रमुख अतिथीद्वारा उक्त गीतमा तरकारीमा नुन, मसला सबै लागेको जस्तै राम्रो बनेको बयान गरेका छन् । कार्यक्रममा नेपाल तामाङ चलचित्र संघका कार्यबाहक अध्यक्ष भुइसाल लामा, म्हेन्दोमाया कलाकार संघ अध्यक्ष राम गोम्जा तामाङ, नेपाल तामाङ कलाकार संघका महासचिव रोशन फ्युबा तामाङ लगायत तामाङ गीत सङ्गीतलाई माया गर्ने सङ्गीत प्रेमीहरुको उपस्थिति रहेका थिए ।

सारा शाक्य र बुद्धि तामाङको संयुक्त निर्माणमा बनेको यस गीत पुजा तामाङ अफिसियल युट्युब च्यानलमा हेर्न सक्नेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्