24.1 C
Kathmandu

समाचारपटक पटक माओवादीलाई जितायौँ खोई त तेमालको परिवर्तन? अबको भोट एमालेलाई

पटक पटक माओवादीलाई जितायौँ खोई त तेमालको परिवर्तन? अबको भोट एमालेलाई

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन लक्षित घरदैलो कार्यक्रम जारी छ । विभिन्न दलका नेता कार्यकर्ताहरु आफ्ना उम्मेदवार सहित वस्ती वस्ती छिर्ने क्रम दिनप्रतिदिन बढ्दो छ ।

यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लाको दुवै क्षेत्रमा आम निर्वाचन रोचक बन्ने देखिन्छ। काभ्रे क्षेत्र नं.१ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा केन्द्रीय सदस्य, काभ्रे जिल्ला पार्टी सह–इन्चार्ज समेत रहेका पूर्वमन्त्री रेशम लामा मैदानमा छन। अर्कातिर गठबन्धनको साझा उम्मेदवार पूर्व उर्जा राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता सूर्यमान दोङ(लालध्वज) चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।
उता काभ्रे क्षेत्र नं.२ मा नेकपा (एमाले) का पलिलुटव्युरो सदस्य तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेर चर्चा कमाउन सफल गोकुलप्रसाद बास्कोटा र गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शिव हुमागाईं चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

यत्तिबेला काभ्रेको दुवै क्षेत्रमा चुनावी सरगर्मी निक्कैनै रोचक बन्दै गइरहेको छ । यसै क्रममा आफ्ना नेताकार्यकर्ताहरू सहित काभ्रेको तेमाल गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा पुगेका नेकपा एमालेका उम्मेदवार रेशम लामालाई तेमालबासीले भव्य स्वागत गरे । तेमालबासीले चोक चोक र विभिन्न दोबाटोमा फूलमाला सहित सगुनद्धारा स्वागत मात्र गरेनन् रेशम लामाको टिमलाई, स्वागतसंगै विजय गराउन आतुर रहेको अभिव्यक्ति समेत व्यक्त गरेका थिए, तेमालबासीले । जुन ठाउँ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका सूर्यमान दोङको आफ्नै पालिका समेत हो ।

घरदैलो कार्यक्रमको क्रममा माओवादी केन्द्रकै सकृय एक कार्यकर्ताले भने, ‘माओवादी केन्द्रलाई तेमालबासीले पटक पटक विजयी गरेर पठायौँ तर तेमालबासीको जिवन–यापनमा खासै परिवर्तन गरेन । अहिले आएर सूर्यमान दोङले खानेपानीको नाममा मात्र मत मागीरहेको कुरा समेत उनले व्यक्त गरे । नमोबुद्ध न्यूजको क्यामेरामा कैद गरिएको उक्त दृश्यमा माओवादी केन्द्रको पार्टी सदस्यको परिचय पत्र सहित देखाएर उनले भने ।

सुर्यमान दोङ २०६४ सालमा अत्याधिक मत सहित जिते तर २०७० मा भने हार व्यहोरे । त्यसै गरी २०७४ सालको निर्वाचनमा पनि टिकटका लागी निक्कै दौढधुपका साथ हिंडे तर सशस्त्र युद्धकालका विभिन्न मुद्धाका कारण उनले टिकट पाएनान् । २०७० सालमा नै काभ्रेली जनताले असक्षम सावित गरेको सूर्यमान दोङ यस पटक पनि उम्मेदवारको रुपमा खडा भएको देख्दा आफूहरु समेत अचम्मित रहेको कुरा उनले बताए ।

सशस्त्र द्वन्द पश्चातको निर्वाचनमा माओवदाीको तर्फबाट तेमालबाटै प्रत्यक्ष रुपमा दुई जनालाई जितायौँ तर तेमाललाई ‘तेमाल’ बनाउन असक्षम देखेकोले यस पटक एमालेको रेशम लामालाई मतदान गर्ने समेत उनले बताए । उनको अभिव्यक्तिसंगै स्वागतमा उत्रेका सबैले ‘हो मा हो’ मिलाएर नेकपा एमालेको नारा समेत लगाए ।

यस्तै विभिन्न खालका रोचक दृश्यहरु काभ्रेको दुवै निर्वाचन क्षेत्रमा देख्ने गरेको छ । काभ्रे क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार सूर्यमान दोङको आफ्रनै पालिकामा आफ्नै पार्टीबाट विभिन्न खालका असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा चुनावी प्रतिस्पर्धा भने निक्कै नै रोचक बन्ने पक्का रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्