30.1 C
Kathmandu

कला/ साहित्यजिम्बा फिल्मस् प्रोडक्सनको १२ औँ प्रस्तुती 'नाना आङा'को पोस्टर सार्वजनिक, छायांकनको तयारी

जिम्बा फिल्मस् प्रोडक्सनको १२ औँ प्रस्तुती ‘नाना आङा’को पोस्टर सार्वजनिक, छायांकनको तयारी

काठमाडौँ । जिम्बा फिल्म्स प्रोडक्सनको १२ औँ प्रस्तुती तामाङ भाषाको चलचित्र ‘नाना आङा’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माता पेमा लामा योञ्जनको तामाङ चलचित्र ‘हाल्छे सोजि चु माया’को अपार सफलता पस्चात जिम्बा फिल्म्सले अर्को तामाङ भाषाको नयाँ चलचित्र ‘नाना आङा’ मंसिर तेस्रो सातादेखी छायांकन कार्य सुरुवात गर्ने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।

जिम्बा फिल्म्स प्रोडक्सनका सञ्चालक तथा निर्देक निमा लामाको अनुसार तामाङ भाषाको चलचित्र ‘नाना आङा’ पर्यटकीय दृश्टिकोणले निक्कै चर्चित क्षेत्र मनाङ, गोर्खा, मकवानपुर, सर्लाही र काठमाडौ लगायतका स्थानहरुमा छायांकन गर्ने बताएको छ । पेमा लामा योञ्जनको निर्माणमा छायांकन गर्न थालिएको उक्त चलचित्रको निर्देशक निमा लामा तामाङ रहेको छ भने कलाकहरुमा जय स्याङ्तान, सिताराम गोले, कल्पना वाईबा, करिशा वाईबा र सुनलाल वाईबा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निर्देशकद्धय निमा लामा तामाङ बिगत लामो समयदेखी तामाङ चलचित्र क्षेत्रमा निरन्तर लागी परेका व्यक्ति हुन् । उनले तामाङ चलचित्रको अलवा नेपाली चलचित्रमा समेत निर्देशन गरिसकेका छन् । यस अघि उक्त व्यानरमा निर्मीत तामाङ भाषाको चलचित्र ‘हाल्छे सोजि चु माया’ काठमाडौ लगायत उपत्यका बाहिर अन्य विभिन्न ठाउँहरुमा प्रदर्शन गरिसकेका छन् । कोभिड १९ पछि केही चलचित्र बाहेक अन्य नेपाली चलचित्रहरुले समेत सोचे जस्तो बजार नपाएको अवस्थामा तामाङ भाषाको चलचित्रको बजार भने निक्कै नै कमी रहेको छ । तर जीम्बा फिल्म्स प्रोडक्सनले भने हाल सम्म निरन्तर बार्षिक रुपमा एउटा चलचित्र बजारमा ल्याउने गरेको छ ।

निर्माता पेमा लामा योञ्जनले यस अघि निर्माण गरेको तामाङ भाषाको चलचित्रमा दर्शकहरुबाट पाएको मायाको कारण त्यही समयमा नै अर्को चलचित्र निर्माण गर्ने हौसला मिलेको र तत्काल अर्को चलचित्र निर्माण गर्ने समेत उदघोष गरेका थिए । सोही बमोजीम उनले अर्को चलचित्र निर्माण गर्ने भएको छ ।

मंसिर तेस्रो साता बाट छायांकन कार्य थालनी गर्ने भनिएको तामाङ भाषाको चलचित्र ‘नाना आङा’ बिगतका चलचित्रहरुमा देखेका कमी कम्जोरीहरुलाई समेत मध्यनजर राखेर अझै उत्कृष्ट चलचित्रको रुपमा छिट्टै बजारमा ल्याउने तयारी रहेको समेत निर्माण पक्षले नमोबुद्ध न्यूजलाई जानकारी दिएको छ ।

तामाङ भाषाको चलचित्र नाना आङाको सार्वजनिक गरिएको पोस्टर…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्