23.1 C
Kathmandu

समाचारमतदाताहरुको अपार माया र समर्थन बटुल्दै महाभारत पुगे एमालेका उम्मेदवारहरु

मतदाताहरुको अपार माया र समर्थन बटुल्दै महाभारत पुगे एमालेका उम्मेदवारहरु

काठमाडौ। मतदाताहरुको अपार माया र समर्थन बटुल्दै नेकपा (एमाले) का उम्मेदवारहरूले डाँडापारीको खानीखोला गाउँपालिकामा चुनावी अभियान बिहीवार सम्पन्न गरेको छ । दुई दिने अभियानमा काभ्रे क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रेशम लामा र प्रदेससभा १ (ख) का उम्मेदवार चन्द्र लामाले मतदाताहरुसँग साक्षात्कार गर्नु भएको थियो ।

उम्मेदवारहरू सहित नेकपा (एमाले) का नेता कार्यकर्ताहरूले कातिक १५ गते खानीखोलाको धाप्लेबाट अभियान सुरू गरेका थिए । पहिलो दिन धाप्ले, मिल्चे, महाङकाल, कुस्पा र गाउँपालिका केन्द्र रहेको तालढुङ्गामा उम्मेदवारहरूले मतदाताहरूसँग भेटघाट, अन्तरकृया र विकास निर्माणबारे संवाद गर्नु भएको थियो ।

खानीखोलामा पहिलो पटक मोटरबाटो खन्न बजेट व्यवस्था गर्ने रेशम लामा र बाटोको स्तरोन्नति गर्न निरन्तर योजना पार्ने चन्द्र लामालाई खानीखोलाबासीले सगुन, फूलमाला र अबिरले स्वागत गरेका थिए ।

२०७३ सालमा तत्कालीन संविधानसभाका सदस्यहरू रामहरि सुवेदी र रेशम लामाले भौगोलिक रुपमा विकट खानीखोलालाई मोटरबाटोले जोड्न बजेट व्यबस्था गर्नु भएको थियो । त्यसपश्चात २०७४ सालमा प्रदेससभामा निर्वाचित एमाले सांसद चन्द्र लामाले सडक स्तरोन्नति लगायत खानीखोलाको भौतिक पूर्वाधार विकासमा करिब १ खर्बको योजना पार्न सफल हुनु भएको थियो ।

चुनावी अभियानको दोश्रो दिन खानीखोला गाउँपालिका महादेवटार, सार्कीडाँडा, वडा नं ३ को जुरे, वडा नं ६ को देउराली साल्धारा, र वडा नम्बर ४ को जगथलीमा भेटघाट तथा चुनावी सभाको आयोजना गरिएको थियो ।

नेकपा (एमाले) खानीखोला गाउँपालिका कमिटी र वडा कमिटिहरूको व्यबस्थापनमा सम्पन्न चुनावी अभियानका क्रममा खानीखोला ४ का तरूण दल सभापति अमर मोक्तान सहित नेपाली काङग्रेस, नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रका दर्जनौं कार्यकर्ताहरू एमाले प्रवेस गरेका छन् ।

खानीखोलाका युवा मतदाताहरूले पूर्वमन्त्री समेत रहनु भएका रेशम लामासँग युवा स्वरोजगार, आधुनिक कृषि प्रणाली र स्थानीय उपजहरुको बजार व्यबस्थापनबारे जनताका आवश्यकताहरू सुनाएका थिए ।

उम्मेदवार लामाले खानीखोलाको सपना पूरा गर्न यहाँका युवा, महिला र अनुभवी नागरिकहरूसँग बसेर योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
त्यसैगरि, नेकपा (एमाले) का उमेदवार रेशम लामा र प्रदेससभा १ (क) का उम्मेदवार दिलिप तामाङले आज बिहीबार महाभारत गाउँपालिकामा चुनावी अभियान थाल्नु भएको छ । बिहीवारको अभियान महाभारत गाउँपालिकाको वडा नम्बर १ अन्तरगतका मैनडाँडाबाट घरदैलो शुरू गरिएको थियो । आजै वडा नम्बर १ अन्तरगतको गोकुले, वडा नम्बर ८ का सोलाभञ्ज्याङ, घर्तीछाप, आकुरा र वडा नम्बर ६ को गोलटारमा चुनावी सभा सम्पन्न गरिएका छन् ।

नेकपा (एमाले) महाभारत गाउँपालिका कमिटि अध्यक्ष जगत तामाङका अनुसार पालिकाका ८ वटै वडाका मतदाताहरूसँग उम्मेदवारहरूले अन्तरक्रिया गर्नुहुनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्