24.1 C
Kathmandu

समाचारआफ्नै नगरका दुवै उम्मेदवार घरदैलोमा आइपुग्दा नमोबुद्ध नगरवासीले खुसी व्यक्त गरे 

आफ्नै नगरका दुवै उम्मेदवार घरदैलोमा आइपुग्दा नमोबुद्ध नगरवासीले खुसी व्यक्त गरे 

काठमाडौ । नेकपा (एमाले) काभ्रे क्षेत्र नं १ निर्वाचन परिचालन कमिटिले आजदेखि औपचारिक रुपमा चुनावी अभियान शुरू गरेको छ । मतदाताको घरदैलो गर्ने हिजो पहिलो दिन नमोबुद्ध नगरपालिका अन्तर दाप्चा क्षेत्रबाट सो अभियान शुरू गरिएको हो । 

प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेशम लामा र प्रदेससभा १ (ख) का उम्मेदवार चन्द्र लामाले नमोबुद्ध नगरपालिका ११ को डाँडाकटरीवाट बिहान ७ बजे चुनावी अभियानको प्रारम्भ गर्नु भएको थियो । उम्मेदवारद्वयको मन्तव्य सहित शुरु भएको र्‌यालीमा वागमती प्रदेस स्तरीय तथा जिल्ला कमिटि, नगर कमिटी र वडास्तरीय नेता कार्यकर्ताको सहभागीता रहेको थियो । 

आफ्नै नगरका दुवै उम्मेदवार घरदैलोमा आइपुग्दा नमोबुद्ध तथा दाप्चा क्षेत्रका मतदाताहरूले खुसी व्यक्त गर्दै सगुन, अविर, माला र खदाले स्वागत गरेका थिए । उम्मेदवार तथा चुनावी अभियानमा सहभागी नेता-कार्यकर्तालाई दाप्चाको पुरानो बजार, छत्रेबाँज, डराउने पोखरी, माथिल्लो हटिया, तल्लो हटिया, धर्मशाला, भञ्याङ, काँक्रेबजार, आरुबोट, चरङ्गी लगायत वडा नम्बर १०, ११, ७ र ६ का स्थानीयबासीले स्वागत गरेका थिए । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा एकै नगरपालिकाका दुइ उम्मेदवार प्रतिस्पर्धामा रहेकाले एमाले बाहेकका अन्य पार्टीका समर्थकहरूले समेत मतदान गर्न उत्साहित रहेको बताएका छन् । नमोबुद्धनगर अन्तरगत दाप्चा क्षेत्रका बासिन्दाले अन्य क्षेत्रका मतदाताहरूलाई समेत रेशम लामा र चन्द्र लामालाई अत्यधिक मतले जिताउन अपील  गरेका छन् । 

उम्मेदवारहरूले विभिन्न स्थानमा आयोजित सभामा आफ्ना चुनावी प्रतिबद्धता सहित मतदाताहरूलाई सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा उहाँहरूले मतदाताहरूको विश्वासलाई सदा कायम राख्ने बताउनु भयो । 

वागमती प्रदेससभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत हुनुभएका चन्द्र लामा आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी विकास योजना ल्याउने जनप्रतिनिधीका रूपमा लोकप्रिय हुनुहुन्छ । 

त्यसैगरी, नेकपा (एमाले) का केन्द्रीय सदस्य, काभ्रे जिल्ला सह इन्चार्ज र पूर्व मन्त्री समेत रहनु भएका रेशम लामाले आफ्नो क्षेत्रको विकासका नविन योजनाहरू अघि सार्दै हरेक वडाका जनतालाइ प्रभावित पार्न सफल नेताका रूपमा परिचित हुनुहुन्छ । 

आज बिहान ७ बजेदेखि दोश्रो दिनको अभियान शुरू पुन: शुरु भएको छ । नगरकमिटिका सचिव गणेश मोक्तानका अनुसार बिहान ७ बजे नमोबुद्ध श्यामपाटीबाट घरदैलो कार्यक्रम शुरू भइ फुलबारी, वडा नम्बर ७ को भकुण्डे, वडा नम्बर ३ को चरूवा, भिँडाबारीमा घरदैलो गरिनेछ । त्यसैगरी, वडा नम्बर ४ को जोरसल्ला, चुवाने, कटुञ्जे थुम्का हुँदै वडा नम्बर ५ को कानपुरसम्म घरदैलो सम्प्मन्न हुने सचिव मोक्तानले जानकारी दिनु भयो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्