23.1 C
Kathmandu

समाचारगठबन्धनका नाउँमा असक्षम व्यक्तिलाई पटक पटक अघि सारेकोमा युवाहरु निरास !

गठबन्धनका नाउँमा असक्षम व्यक्तिलाई पटक पटक अघि सारेकोमा युवाहरु निरास !

काठमाडौ– गठबन्धनका नाउँमा असक्षम व्यक्तिलाई नै पटक पटक अघि सारेकोमा युवाहरु निरास रहेको युवाहरुको एक समुहले बिशेष कार्यक्रमका बिच प्रतिकृया दिएका छन । जब यस्तो अवस्था आइलाग्छ तब हामी युवाहरु निरास अनि चिन्तित हुनपुग्छौं । उनिहरुले एकैसाथ भने । 

काभ्रेपलान्चोक जिल्ला अन्तर्गत क्षेत्र न. १ तर्फ मङ्सिर ४ मा हुने आम निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रमा सुर्यमान दोङ (लालध्वज) को उम्मेदवारीलाई असक्षम बताउने ति युवाहरुको समुहले लालध्वजको प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशम लामा लाई भने युवाहरुप्रतिको हेर्ने दृष्‍टिकोण र धारणालाई साथ र समर्थन गर्दै मंसिर ४ को निर्वाचनमा एमालेको सुर्यध्वोजबहाक उम्मेदवार रेशम लामालाई जिताउने अभियानमा लाग्ने प्रतिबद्धता सहित नेकपा एमालेमा प्रवेश गरेका थिए ।

यस अघि पनि काभ्रे दुर दराज देखी शहर बजार सम्मका मतदाताहरुले माओवादिलाई पटक पटक जिताएर पठाए पनि फर्केर एक पटक नआएको गुनासो व्यक्त गरेका थिए ।

यसरी दिनप्रतिदिन रेशम लामाप्रती युवाहरुको बढ्दो क्रेज र लालध्वोजको आलोचनालाई मध्यानजर राख्ने हो भने गठबन्धनको उम्मेदवार भन्दा नेकपा एमालेका रेशम लामा नै बलियो साबित हुने अड्कल गर्न सकिन्छ ।

आज एमाले प्रवेस गर्ने युवाहरुमा मादन कुँडारी ७ का बिकास लामा, सुहाना लामा, विरोज लामा, सरोज लामा, बिनोद लामा र कालिञ्चोकका अनिल लामा रहेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला सह इन्चार्ज रेशम  लामाले युवाहरुलाइ टीका एवम् खदा लगाएर स्वागत गरे । 

केन्द्रीय सदस्य लामाले युवामैत्री पार्टी रोजेकोमा धन्यवाद दिए । उहाँले पार्टीमा सकृय रहन चाहनेका लागि सम्मानजनक भूमिका प्रदान गर्ने बताउँदै अहिलेलाइ एमालेको एजेण्डा सहित मतदात समक्ष जान निर्देशन दिएका छन् ।

बुधवार काठमाडौमा आयोजित युवाहरुको पार्टी प्रवेस कार्यक्रममा वागमती प्रदेस सम्पर्क समन्वय कमिटिका उपसचिव विष्णु खनाल, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामा र युवा संघ नेपालका केन्द्रीय सदस्य रमिला घ्लान तामाङले राजनीतिमा युवाहरुको भूमिकाको आवश्यकता माथी प्रकास पारे ।

पछिल्लो समय पनौती, नमोबुद्ध, चौंरी देउराली, महाभारत र तिमाल क्षेत्रबाट रेशम लामाको पक्षमा युवा मतदाताहरुको समर्थन दिनप्रतिदिन बढिरहेको देखिन्छ । 

काभ्रे क्षेत्र नम्बर १ प्रतनिधिसभा सदस्य उमेदवार लामाले विगत आधा दशकदेखि काभ्रेमा “असल पुस्ताको निर्माण, रेसम लामाको अभियान” सञ्चालन गर्दै आइरहेका  छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्