24.1 C
Kathmandu

समाचाररोशीको पानी र खानीलाई रोशीवासीको समृद्धिमा उपयोग गर्ने लक्ष्य छ: पूर्वमन्त्री रेशम...

रोशीको पानी र खानीलाई रोशीवासीको समृद्धिमा उपयोग गर्ने लक्ष्य छ: पूर्वमन्त्री रेशम लामा

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेको पार्टी सह–इन्चार्ज रेशम लामाले रोशीको पानी र खानीलाई रोशीवासीको समृद्धिमा उपयोग गर्ने लक्ष्य रहेको बताएका छन् । पूर्वमन्त्री लामा मंसिर ४ गते हुने आम निर्वाचनका लागी काभ्रे प्रतिनिधि सभा १ का लागी नेकपा एमालेको उम्मेदवार हुन् । बिहीवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोशी गाउँपालिका कमिटीले आयोजना गरिएको बृहत कार्यकर्ता भेलामा सहभागि हुन रोशी पुगेका पूर्वमन्त्री लामाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोशीवासीको समृद्धिको योजना बारेमा प्रष्ट्याएका हुन् ।

यत्ति बेला देशभर चुनावी सरगर्मी बढिरहेको छ । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी विभिन्न दलका नेताकार्यकर्ताहरु निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता भेटघाटमा व्यस्त रहेका छन् । यसै क्रममा मन्त्री लामा बिहीबार एकै दिन आफ्ना निर्वाचन क्षेत्र अन्तर्गत रोशी गाउँपालिका वडा नं.४ महादेवटार र पिन्थली वेशीमा पुगेका हुन् । पिन्थली वेशीको कार्यक्रलाई सम्बोधन गर्दै लामाले भने ”चाहे त्यो खेलमा होस या राजनितिमा होस प्रतिस्पर्धा गर्न बराबर हाइट र ओएट बोक्नु पर्दछ । हामीसंग हाइट र ओएट नपुगेकै कारणले आज हाम्रा प्रतिस्पर्धीहरु साथी खोज्दै हिँडेका छन् । विचार के हो ?, निष्ठा के हो ?, पहिचान के हो ? भन्ने कुराको पनि कुनै प्रवहा नगरिकन आज गठबन्धनको नाममा सिंगो नेकपा एमालेसंग प्रतिस्पर्धा गर्न आएका छन् । तसर्थ किसानलाई मल छैन गठबन्धनसंग बल छैन ।”

रोशीको विषयमा कुरा गर्दै लामाले भने एउटा सिमित तस्करीले आफ्नो व्यक्तिगत आयआर्जनका लागी रोशीको प्राकृतिक श्रोत साधनको दोहन गरिरहेको र जस्को कारण आम रोशीवासीले झेल्नुपरेको प्रदुषण र उत्पादनमा ह्रास आएको कुरालाई व्यवस्थित र सुनिश्चित गर्दै रोशीको पानी र खानीलाई उत्पादनमा जोड दिने कुरा बताए । पानी र खानीलाई रोशी वासीको समृद्धिको लागी उपयोग गर्ने योजना नेकपा एमालेले ल्याएको कुरा समेत उनले व्यक्त गरे । काभ्रेवासीले दिएको अभिमतलाई काभ्रेको दुर दराजको वस्ती र छाप्रोबाट देखी लिएर सिँह दरबारको संसदसम्म काभ्रेवासीले छाम्न हुने गरी अनुभव हुने गरी, देख्ने गरी र अनुभुती हुने गरी संविधान सभाको भवन सम्म लाने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको साथमा नेकपा एमालेको नेता कार्यकर्ता, युवा र विद्यार्थी संगठनका नेतृत्वहरु समेत सहभागिता रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्