23.1 C
Kathmandu

कला/ साहित्यतामाङ भाषाको चलचित्र ‘हाल्छे सोजी चु माया’ सर्लाही-हरिवनमा प्रदर्शनको तयारी

तामाङ भाषाको चलचित्र ‘हाल्छे सोजी चु माया’ सर्लाही-हरिवनमा प्रदर्शनको तयारी

काठमाडौ– जिम्बा फिल्मसको ११ औँ  प्रस्तुती तामाङ भाषाको चलचित्र हाल्छे सोजी चु माया सर्लाहीमा प्रदर्शनको तयारी रहेको छ ।

यही कार्तिक ७ गते लक्ष्मी पूजाको दिन सर्लाही जिल्लाको हरिवन स्थित हरिवन सिनेमा हलमा एकै दिन तीन वटा शो गरिने चलचित्रका निर्माता पेमा लामा योन्जनले नमोबुद्ध न्युजलाई जानकारी दिएको हो। निर्माताद्वय योन्जनका अनुसार लक्ष्मी  पूजाको दिन बिहान १०:३० बजे पहिले शो, दिउसो १:०० बजे दोस्रो र ३:०० बजे तेस्रो शो हुने भएको छ 

काठमाडौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा भाद्र २५ गते पहिलो पटक प्रिमियर प्रदर्शन गरिएको उक्त चलचित्र असोज १ गते काभ्रेको बनेपा र हेटौंडामा एकै दिन प्रदर्शन सफल भएको थियो ।

त्यसै गरी असोज १८ गते सिन्धुली जिल्ला, हरिपुरगढि गाउँपालिकामा र असोज २९ गते हेटौंडामा प्रदर्शन सम्पन्न पश्चात शुभदिपावलिको अवसर पारेर सर्लाही जिल्ला स्थित हरिवनमा प्रदर्शनको तयारी गरेको निर्माण पक्षले बताएको छ ।

हेटौंडामै दुई पटका सम्मा प्रदर्शन गर्न सफल उक्त चलचित्र अन्य स्थानहरुमा पनि प्रदर्शन गर्दै जाने तयारी रहेको चलचित्रका निर्देशक निमा लामा तामाङले बताए । निर्देशकद्वय तामाङका विभिन्न जिल्लाका ठाउ अनुसार तमाङ तथा गैह्र तमाङहरुले समेत चलचित्रलाई माया गरेको बताए ।

पहिलो पटक ‘सेम न्हाङला माया’ चलचित्रबाट निर्देशनको यात्रा शुरु गरेको निमा लामा तामाङले विभिन्न नेपाली र तामाङ चलचित्र गरेर ‘हाल्छे सोजि चु माया’ सम्म आउँदा उनको यो १३ औँ चलचित्र रहेको छ । निमा लामा तामाङले ‘दोर्जे हारङ्बा एला कर्म’, ‘तिङ्ला नाङ्साल’, ‘आपाला माया’, ‘छार केवा’ लगायतका दर्जनौं चलचित्रहरुमा निर्देशन गरेका छन् ।

चलचित्रको मुख्य भुमिकामा नायकको रुपमा कृष्ण लामा र आजेश लामा रहेको छ । नायीका अबिना गोलेको साथमा निर्मला मोक्तानलाई प्रस्तुत गरिएको छ । चलचित्रको निर्माता पेमा लामा योञ्जन पनि कलाकरकै रुपमा प्रस्तुत गरेको छ । चलचित्रमा भुन्टेको पात्रको रुपमा प्रस्तुत भएको सुनलनल वाइबाले भने सुरु देखी अन्त सम्मा हसाउने र बेला बेलामा भाबुक बनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्