26.1 C
Kathmandu

कला/ साहित्यअडियो भर्सनमै तहल्का मच्चाउने गीत कहाँ पर्‍यो घर माथी भिडियोले अन्याय ...

अडियो भर्सनमै तहल्का मच्चाउने गीत कहाँ पर्‍यो घर माथी भिडियोले अन्याय !

काठमाडौ । सामान्यतय अर्थमा बुझ्ने हो भने गीत भन्ने बित्तिकै सुन्ने माध्यमको रुपमा बुझिन्छ । तर पछिल्लो समय जमाना यस्तो आएको छ कि, गीतको भिडियो नबनाई गीत चल्दै चल्दैन । फेरी कहिले काहीँ यस्ता गीतहरु पनि बजारमा आउने गर्छन, जसको अडियो भर्सनले नै पुरै गीतसंगीतको बजामा तहल्का मच्चाउँछन् ।
कहाँ पर्‍यो घर ज्यान मैच्याङ
चिनजान गरौँ कि
कुटुम्बा हो भने ज्यान मैच्याङ
पिरती लगाउँ कि

विश्व दोङको यो गीत बिनाभिडियो नै राम्रो भिउअर्स कमाउन सफल भएको गीत हो । अडियो भर्सनले भिडियो सार्वजनिक हुनु अघि नै ८० लाख भन्दा माथिको भिउअर्स कमाएका थिए । यसरी अडियो भर्सन नै यत्ति धेरै रुचाइएको गीत सेलो गीत संगीतको बजारमा नै पहिलो गीतको रुपमा स्थापित भएको हुनु पर्दछ । अडियो भर्सन नै यत्ति धेरै रुचाइएको गीत को आम दर्शक श्रोताहरु भने भिडियोको पखाईमा थिए । भिडियो कस्तो बन्ला, कत्ति भाइरल होला भन्ने चासो सबैमा थिए । विश्व दोङको कहाँ पर्‍यो घर बोलको गीतले सेलो गीतसंगीतमा मात्र नभएर सिंगो नेपाली सांगीतीक बजारको साथै समाजमै नयाँ आयाम थपेको कुरा समेत निसन्देह भन्न सकिन्छ । साथै अर्को सुखद पक्ष चाहिँ देश विदेशका श्रोता दर्शकहरुको मन मस्तिष्कमा बस्न सफल गायक तथा संगीतकारद्धय विश्व दोङ सबैको प्रिय मात्र होइन तामाङ गीतसंगीतको दरिलो खम्बाको रुपमा स्थापित भएको छ । उनी नेपाल तामाङ कलाकार संघको अध्यक्ष समेत हुन् ।

सबैको प्रतिक्षाको बिषय बनेको उक्त गीतको भिडियो केही दिन अगाडि नै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भनिएकोमा उक्त गीतमा अभिनित सुशिला घ्लानको असामयिक निधनको कारण सार्वजनिक हुन सकेन । विश्व दोङको शब्द, संगीत र एरेन्ज रहेको उक्त गीतमा विश्व दोङ र शशिकला मोक्तानको स्वर रहेको छ । गीतमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

भिडियो तर्फ भने अभि लामाको निर्देशनमा पुर्णिमा लामा थोकर, प्रिया गोले, सुशिला घ्लान, राम थिङ, सुरेन्द्र तामाङ, प्रेम थिङ लगायतका कलाकारहरुले अभिनय गरेका छन्। भिडियोको छायांकन तथा सम्पादन फरज अर्पनको रहेको छ ।
माया भन्दा ठुलो जात होइन
मलाई त त्यस्तो लाग्दैन
मायाले बाधौँ तिमि र म
समाजले केही गर्न सक्दैन

सामान्यतय एक पटक सुनिसकेपछि मान्छेको जिब्रोमा झुण्डिने खालका शब्द र जत्ति सुने पनि सुनौँ सुनौँ लाग्ने यो गीतको भिडियो भने दर्शकले अपेक्षा गरे अनुसारको नभएको आभाष भएको छ । पुर्णिमा थोकर र स्व.सुशिला घ्लान बाहेको अभिनय हेर्दा साँच्चिकै गीतको अडियो माथी नै अन्याय भएको भनेर भन्दा फरक नपर्ला । यसरी रहर र लहरको कारण म्यूजिक भिडियोमा अभिनय गर्न चहानेहरुको कारण समुदायको मात्र होइन सिंगो नेपाली गीतसंगीतको बजारमा अब्बल ठहरिएको विश्व दोङको यो कृयशनमाथी अन्याय भएको बुझिन्छ । अघिपछि निक्कै राम्रा गीतहरुमा निर्देशन गरिसकेका अभि लामाले पनि यस गीतको निर्देनमा भने कत्ति पय ठाउँमा चुकेको देखिन्छ । एक पटक सेलो गीतसंगीतको बजारलाई उद्गम स्थलमा पुर्‍याउन सफल हुने खालका भिडियोको अपेक्षा गरेका दर्शकहरु भने यसरि प्रतिकृया दिन थालेका छन् :

यी सबै जसो प्रतिकृयाहरु हेर्ने हो भने ‘कहाँ पर्‍यो घर’ बोलको सेलो गीतको अडियो भर्सन माथी भिडियो निर्माण पक्षले अन्याय नै गरेको साबित हुनेछ । यसो त यो गीतको अडियो र भिडियो सार्वजनिक गरिएको सगु प्रडक्शन हाउसले भने आम दर्शकले उक्त गीतको अडियो माथी गरेको अमुल्य मायालाई लुकाएर अडियो भर्सन प्राइभेट गरि राखेको छ । कारण अडियोको कारण भिडियोको भिउअर्स कम आउला भन्ने डरले । भिडियो निर्माण पक्षलाई आफैलाई थाहा भैसकेको रहेछ कि भिडियो सोचेअनुसारको बनेन । भिडियोलाई भन्दा दर्शकले अडियो लाई नै मन पराउने डरले अहिलो अडियो भर्सन प्राईभेट गरेर राखेकोमा तपाई के भन्नु हुन्छ आफ्ना अमुल्य प्रतिकृया सव्य भाषामा राख्नुहोला ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्