17.1 C
Kathmandu

कला/ साहित्यतिम्रो साथ मेरो हात भन्दै नव मोडल मिना लामा र नायक सागर घिसिङ...

तिम्रो साथ मेरो हात भन्दै नव मोडल मिना लामा र नायक सागर घिसिङ रोमान्टिक मुडमा !

काठमाडौं – नेपाली गीत सांगीतिको आकाशमा एउटा मिठो कोसेली सहित रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । “तिम्रो साथ, मेरो हात” बोलको नेपाली आधुनिक गितमा नव मोडल मिना लामा र नायक सागर घिसिङ रोमान्टिक मुडमा देखिएका छन् । यस गितमा गायक कविन्द्र तामाङको शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

शुक्रबार मम प्लाजा जोरपाटीमा पत्रकार सम्मेलन गरी सो गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा अभिनय गरेकी मिना लामाले बुबाको सपना पूरा गर्न  यो गीतको भिडियो मार्फत कलाकारितामा आएको बताइन् । उनले भनिन्, ‘मेरो बुबा गीत सङ्गीतको पारखी हुनुहुन्छ, उहाँ (बुबा) मादक पदार्थ सेवन गरेर आएपछि नाच्न सिकाउनु हुन्थ्यो, त्यसो त उहाँको सम्झनामा यो गीत तयार पारेको हो ।’

त्यस्तै, भिडियो सार्वजनिक गर्दै गायक तामाङले गीतसङ्गीतमा अगाडि बढ्न र बढाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मोडल सागर घिसिङले काम गर्ने इन्टायर्स टिमले गर्दा आज गीत बजार ल्याउन सफल भएको बताए । 

अजय स्याङ्तानद्वारा निर्देशित भिडियोको छायांकन बिक्रम लामा मोक्तान र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् । कार्यक्रममा तामाङ सोसाइटी अफ सिड्नी अस्ट्रेलियाको प्रतिनिधि एवं लन्डननेपालीन्युजका रिपोर्टर अनु लामा, गायिका रेश्मा बमजन, गायक आस्मान लोप्चन, द्वन्द निर्देशक हेरुका लामा लगायतको उपस्थिति रहेका थिए ।

भिडियो हेर्न क्लिक गर्नुहोस् :

Chhedup Tamang

1 COMMENT

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्