30.1 C
Kathmandu

कला/ साहित्यदशौँ ल्होछार म्युजिकल फेस्टिबल तथा सातौ मिस तामाङ पोखरा २०२३ हुँदै

दशौँ ल्होछार म्युजिकल फेस्टिबल तथा सातौ मिस तामाङ पोखरा २०२३ हुँदै

Maya Thokar Tamang

काठमाडौ । बिगत केही बर्ष अघिदेखि संचालनमा आएको मिस तामाङ पोखरा २०७९ यस बर्ष पनि हुने भएको छ । मंसिर १० गतेदेखि सुरु हुने मिस तामाङ पोखरा पुस ३० गते ग्रान्ड फिनाली हुने आयोजकले जानकारी दिएको छ ।

बैदाम तामाङ सेवा समाजद्धारा आयोजित मिस तामाङ पोखरा २०२३ को आवेदन फारम खुल्ला गरिए सङ्गै ल्होछारको अवसर पारेर ल्होसार म्युजिकल फेस्टिबल क्याप्टेन बिजय लामाको साथमा हुन लागेको हो।

उक्त बिजेताले १ लाख नगद, क्राउन, ट्रफी, प्रमाणपत्र लगायतका थुप्रै उपहारहरु पाउने भएको छ। द्धितिय हुनेले ५० हजार, तृतीय हुनेले ३० हजार र भिवर्स चाइस हुनेले २० हजार नगद, क्राउन, ट्रफी, प्रमाणपत्र पाउने छन् ।

नेपालभरबाट सहभागी हुन सकिने अविवाहित तामाङ महिलाहरुको ब्यक्तित्व बिकास, तामाङ कला, संस्कृति, पहिचान, भाषाको अध्ययन, संरक्षण गर्नु पर्छ भन्ने हेतुले आयोजित मिस तामाङ पोखरा आवेदन फार्म खुल्ला भएको र मंसिर १० गतेदेखि उक्त कार्यक्रमको तालिम दिएपश्चात पुस ३० गते सम्मान हुने भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्