19.1 C
Kathmandu

समाचारगठबन्धन भर्सेस एमाले, काभ्रेमा कस्ले मार्ला बाजी ??

गठबन्धन भर्सेस एमाले, काभ्रेमा कस्ले मार्ला बाजी ??

काठमाडौ । स्थानीय तहको निर्वाचनताका ठाउँ ठाउँमा गठबन्धनभित्रै तालमेलको सकसको बावजुत पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुख्यतय सत्तारुढ गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा हुने भएको छ । आइतबार देशै भर विभिन्न दलबाट आफ्ना उम्मेदवारहले मनोनयन दर्ताको प्रकृया सकाएको छ । यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लामा पनि नेकपा (एमाले) र सत्तारुढ गठबन्धन सहित अन्य दलहरुले मनोनयन दर्ता गरेका छन् ।

आइतवार काभ्रेमा मनोनयन दर्ता गर्नेमा नेकपा एमाले प्रनिनिधि सभा–१ मा रेशम लामाले मनोनयन दर्ता गरेका छन् भने प्रतिनिधि सभा–२ मा गोकुल बास्कोटाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसै गरि क्षेत्र नं.१ को बाट प्रदेश सभाका लागी दिलिप तामाङ र बाट चन्द्र लामाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं.२ को बाट प्रदेश सभाका लागी कुमार खकुरेल र बाट कुमार थापाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा १ का उम्मेदवार रेशम लामा संविधान सभा सदस्य तथा पूर्व मन्त्री हुन् । पछिल्ला समय लामा काभ्रेका नेता कार्यकर्ता तथा युवाहरुसंग नजिक रहंदै आएका नेता हुन् । २०७४ सालको निर्वाचन यत्ता पूर्वमन्त्री लामा नेकपा एमालेमा रहेर काभ्रेमा सकृया राजनिति गर्दै आएका छन् । उनले यस पटकको निर्वाचनमा आफ्नो उम्मेदवारलाई स्वर्ण अवसरको रुपमा लिएको र निर्धक्कले गठबन्धनसंग चुनाव लड्ने कुरा व्यक्त गरेका छन् । विगतका राजनितिक घटनाक्रमहरुमा आफुले खेलेको भुमिकालाई काभ्रेली जनताले चिन्ने कुरामा उनी ढुक्क रहेका छन् । त्यसै गरि प्रतिनिधि सभा २ का उम्मेदवार गोकुल बास्कोटा भने काभ्रेली जनताको मात्र नभएर मुलुकभरका जनताको चासोको बिषय बनेको छ । पूर्वमन्त्री समेत रहेका गोकुल बास्कोटाले यस अघिको प्रतिनिधि सभाको निर्वाचनमा भारि मतका साथ विजय हांसिल गरेका थिए । काभ्रेली जनताले भारी मतका साथ विजयी गरेर पठाएका बास्कोटाले छोटो समयमा नै केन्द्रिय राजनितिमा छालाङ मारेका छन् । ”पांच बर्ष अघि नेकपा एमालेले उठाएका मुद्धाहरु, देखाएका सपनाहरु अहिले काभ्रेली जनताका आँखा अगाडि देखिने तस्बिर बनेको छ, नेकपा एमालेले काभ्रेमा भौतिक पुर्वाधारमा उल्लेखनिय उपलब्धि हांसिल गरिसकेको र जस्लाई हामी दिगो विकास तर्फ लान चाहेका छौं” पूर्वमन्त्री बास्कोटाले मनोनयन दर्ताको क्रममा बताए ।

त्यसै गरि क्षेत्र नं.१ को बाट उम्मेदवार दिएका दिलिप तामाङ नेकपा एमाले काभ्रेको पुरानो नेताको रुपमा चिनिन्छ । क्षेत्र नं.१ को बाट प्रदेश सभाका लागि उम्मेदवारी दिएका चन्द्र लामा भने गत निर्वाचनमा प्रदेश सभामा निर्वाचित सदस्य हुन् । प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भएका लामा छोटो समय बाग्मती प्रदेशको मन्त्री समेत बनेका थिए । क्षेत्र नं.२ को बाट उम्मेदवार दिएका कुमार खकुरेल र कुमार थापा पनि नेकपा एमाले काभ्रेका प्रभावसाली नेताको रुपमा चिनिन्छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं.१ मा माओवादी केन्द्रको सुर्यमान दोङ(लालध्वज) र प्रतिनिधि सभा क्षेत्र नं.२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाँईले उम्मेदवार दिएका छन् । प्रदेश सभा तर्फ क्षेत्र नं.१ को मा माओवादी केन्द्रको रत्न ढकाल र मा तिर्थ लामाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसै गरि क्षेत्र नं.२ को मा एकिकृत समाजवादीका लक्ष्मण लम्साल र मा नेपाली कांग्रेसका कञ्चन चन्द बादेलाई साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका छन् । गठबन्धनको साझा उम्मेदवार यी दुवै जना काभ्रेको प्रभावसाली नेताहरु हुन् । पूर्वमन्त्री सुर्यमान दोङले भने नेकपा एमालेका रेशम लामासंग प्रतिश्पर्धामा उत्रिने भएको छ । यत्ता क्षेत्र नं.२ मा भने शिवप्रसाद हुमागाँईले गोकुल बास्कोटा संग प्रतिश्पर्धा गर्ने भएको छ । संविधान सभा सदस्य समेत रहेका नेपाली कांग्रेसको प्रभावशाली नेताको रुपमा चिनिएका तिर्थ लामा भने यस पटक क्षेत्र नं.१ को बाट प्रदेश सभाको उम्मेदवारी भएका छन् । जसका कारण अधिकांश कांग्रसका युवाहरु निराश बनेका छन् ।

गठबन्धनका यी साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारहरुबीचको प्रतिस्पर्धा मंसिर ४ मा हुनेछ । यसको नतिजा भने काभ्रेली जनताको हातमा रहेको छ । यत्ति बेला गठबन्धन र एमालेको उम्मेदवार बीचको प्रतिस्पर्धामा कस्ले बाजी मार्ला भन्ने कुरा सबैको चासोको बिषय बनेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्