18.1 C
Kathmandu

Uncategorizedसेन्दाईमा भिटेन र डिजे नानीको लाईभ कन्सर्टमा आयोजकप्रति दर्शकको असन्तुष्टि

सेन्दाईमा भिटेन र डिजे नानीको लाईभ कन्सर्टमा आयोजकप्रति दर्शकको असन्तुष्टि

४ अक्टोबर २०२२
गतहप्ता सेप्टेम्बर २८ का दिन जापानको सेन्दाई शहरमा ‘Tohoku Nepalese Brothers’को मुख्य आयोजनामा चर्चित र्याप्पर समिर घिसिङ(भिटेन)र डिजे नानीको लाईभ कन्सर्ट सम्पन्न भएको थियो। उक्त कार्यक्रममा 1)गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान -NRNA सेन्दाइ क्षेत्रीय कमिटि,
2) प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी, तोहोकु क्षेत्रीय कमिटि
3)नेपाली जनप्रगतिशिल मञ्च जापान सेन्दाइ क्षेत्रीय कमिटि,
4) जनसम्पर्क समिति जापान तोहोकु क्षेत्रीय कमिटि ,
5)सुदुरपक्ष्चिम नेपाली समाज सेन्दाइ
6)मोना समाज सेन्दाइ
7) जापान नेपाली एकता समाज आदि सहयोगी संस्था रहेका थिए॥उक्त कार्यक्रम जापानी समयअनुसार करिब २ः३० बजेबाट औपचारिक कार्यक्रम सुरू भएको थियो।उक्त कार्यक्रममा भिटेन र डिजे नानीको प्रस्तुती भन्दा अगाडी सेन्दाईमा नै अवस्थित केही स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो।भिटेन र डिजे नानीको कन्सर्ट हेर्न जाने दर्शकले भने असन्तुष्टी जनाएका छन। उक्त कन्सर्ट सेन्दाईको’Talk Net Hall’जुन हल फिल्म सो गर्ने हल थियो।उक्त हलमा भिटेन र डिजे नानीको कन्सर्ट गर्न आयोजकले छनोट गरे तापनि आयोजकको धेरै नै कमी कमजोरी रहेको स्पष्ट देखिएको छ। भिटेन जस्तो र्यप्पार आएर प्रस्तुति दिएपछि कमसेकम दर्शक चुप लागेर बस्ने त कुरा नै आउॅंदैन।तर त्यस दिन भिटेन आफ्नो तरिकाले प्रसितुती दिईरहेका थिए भने उनको फ्यानहरू र दर्शकहरू भने कुर्सीमा नै बसेर सुन्न लगाईयो।भिटेन को कन्सर्ट मा सोचेजस्तो रमाईलो गर्न नपाईएको कुरा दर्कशहरूले गुनासो गरेका छन। उपस्थितिको हिसाबले करिब १०० जना भन्दा कम उपस्थिति रहेको केही दर्शकहरूले जनाएको छ।समग्रमा हेर्दा सेन्दाई शहरमा संघ संस्था अत्यधिक भएतापनि यस कार्यक्रमबाट भने सेन्दाईको संघसंस्थाहरू भने केही मात्रमा चुकेको छ।कार्यक्रममा उपस्थित दर्शकहरूको भनाईअनुसार भिटेन र डिजे नानीलाई सुरक्षा मा पनि कमजोरी देखिएको थियो।हजारौं दर्शकहरूमाझ आफ्नो प्रस्तुति दिईसकेका भिटेन सेन्दाईमा भने अलि खल्लो मानेर फर्केका छन।भिटेनले प्रस्तुत गरेका प्रस्तुतिका हिसाबले जम्मा ४ देखि ५ वटा मात्र प्रस्तुति दिएका थिए।समग्रमा हेर्दा अबको दिनमा सेन्दाईमा यस्ता खालको कार्यक्रम गर्न कठिनाई नै हुन सक्ने दर्शकहरूको भनाई रहेको छ॥कार्यक्रममा भिटेनले भनेका छन ‘यस सहरमा चाहिं अलि छुट्टै खालको प्रस्तुति गर्छु भनेर शब्दमा कोरेर ल्याएको थिए तर सकिन’भन्दै भिटेन ले आफ्नो Note book देखाउॅंदै दर्शकमाझ भनेका थिए॥भिटेन लाई यो ठाउॅं र यो कार्यक्रम फिक्का नै भयो होला भन्ने दर्शकको भनाई छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्