काठमाडौ । संविधान सभा सदस्य तथा पूर्व मन्त्री रेशम लामाले सत्तारुढ गठबन्धनले यो मुलुकको परिवर्तन गर्न नसक्ने अभिव्यक्ति दिएका छन् । उनले भने ”एजेण्डा बिना केवल सत्ता सम्हाल्ने उदेश्यले गठबन्धन गर्नेहरुबाट यो मुलुक परिवर्तनको आशा गर्नु भनेको चामल र दुध बिना खिरको अपेक्षा गर्नु जस्तै हो ।”
शनिबार काठमाडौको लाजिमपाट स्थित एक होटलमा काभ्रे तेमाल–२ का युवाहरुसंग निर्वाचनल लक्षित समसामयिक बिषयक छलफल तथा भेटघाटको क्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रेशम लामाले आफु असल पुस्ताको निर्माण अभियानमा लागेको कुरा प्रष्ट पारेका थिए । पूर्व मन्त्री लामाले भने ”विचार, शक्ति, आस्था र समर्थनको रुपमा यो मुलुकको एउटै मात्र राष्ट्रवादी पार्टी नेकपा एमाले हो । नेपाली कांग्रेसको शेर बहादुर देउवाको नेतृत्वमा सरकार रहेको बेलामा राष्ट्रघाती संविधान संशोधनको प्रस्तावको पक्षमा भोट हाल्नेहरु अहिले गठबन्धनका उम्मेदवारका रुपमा उभिएका छन । संविधान संशोधन बिरुद्धमा नेपालको ईतिहासमै पहिलो पटक फ्लोर क्रस गरेर बोलेको पहिलो व्यक्ति आफु रहेको समेत दावीका साथ बोलेका थिए । यत्ति मात्र नभएर राष्ट्रघाति प्रस्तावको विरुद्धमा प्रतिपक्षको रोस्टमबाट नेकपा एमालेको अध्यक्ष केपी ओलीले बोल्दा पहिलो पटक टेवुल बजाएर ओलीको बिचारलाई समर्थन गर्ने सरकार पक्षको मन्त्रि आफु रहेको कुरा समेत उनले बताएका थिए ।
पूर्व मन्त्री लामाले नेपाललाई सिक्किमिकरण गर्ने, फिजिकरण गर्नुका साथै नेपाल भन्ने शब्द नै बिलय हुने खालका संविधान सन्शोधनका राष्ट्रघाती प्रस्तावमा हस्ताक्षेर गर्नेहरुलाई अबका दिनमा काभ्रेली जनताले चिन्नु पर्ने कुरा बताए । पछिल्ला समय पूर्वमन्त्री रेशम लामा काभ्रे क्षेत्र नं.१ मा नेकपा एमालेको तर्फबाट संघीय सांसदको उम्मेदवारीको रुपमा चर्चा चलिरहेको छ । लामा आफ्ना निर्वाचन क्षेत्रका युवाहरु संग उपत्यका भित्र र बाहिर भेटघाट र छलफलका लागी तिव्र गतिमा हिडेका छन् ।