15.1 C
Kathmandu

कला/ साहित्यटुल्साङ मोक्तान र सुस्मा अभिनित ‘हिरो हिरोनी’ म्युजिक भिडियो सार्वजनिक 

टुल्साङ मोक्तान र सुस्मा अभिनित ‘हिरो हिरोनी’ म्युजिक भिडियो सार्वजनिक 

Maya Thokar Tamang
काठमाडौ । नायक टुल्साङ मोक्तान र नायिका सुस्मा मोक्तानले अभिनय गरेको “हिरो हिरोनी” बोलको म्युजिक भिडियो शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको छ । 

शुक्रबार जोरपाटी स्थित मोमो प्लाजामा सम्पन्न भएको यस गीतको बिमोचन कार्यक्रममा तामाङ चलचित्र संघ नेपालको कार्यबाहक अध्यक्ष भुइसाल लामाको प्रमुख अतिथिता  रहेका थिए । बिशेष अथितिहरुमा महानायक अमिर दोङ, तामाङ कलाकार संघको उपाध्यक्ष विशाल काल्तान, नेपाल तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तिर्थमान बल, मिस तामाङका डिरेक्टर रन्जिता ब्लोन तामाङ र तामाङ समुदायका चर्चित कलाकारहरूको उपस्थिति रहेका थिए । कार्यक्रमको अध्यक्षता टुल्साङ मोक्तानले  गरेका थिए । तामाङ समुदायका कलाकार, पत्रकार, समाजसेवी र तामाङ गीत संगीतलाई माया गर्ने संगीत प्रेमीहरु समेत कार्यक्रममा उपस्थित रहेका थिए ।

यस गीतमा तामाङ गायक तथा संगीतकार विशाल काल्तानको शब्द तथा संगीत रहेको छ । गीतमा गायक विशाल काल्तान र गायिका जितु लोप्चनको आवाजमा रहेको छ भने दिपेश प्रधानले एरेन्ज गरेको हो । भिडियो तर्फ अजय स्याङ्तानको निर्देशन तथा नरेन मोक्तानको कोरियोग्राफीमा नायक तथा मोडल टुल्साङ मोक्तान र नायिका सुस्मा मोक्तानको अभिनय रहेको छ । भिडियो छायाङ्कन बिक्रम मोक्तानले  गरेका हुन ।

नायक तथा कार्यक्रमका सभापति टुल्साङ मोक्तानले तामाङ समुदाय र तामाङ पहिचानलाई संसारभर चिनाउने हेतुले भिडियो फरक ढंगले छायांकन गरेको बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्