23.1 C
Kathmandu

कला/ साहित्यताम्बा एवं फापारे गायक सुनिल मोक्तानको नयाँ फापारे गीत ‘सैलुङ जात्थर’ सार्वजनिक

ताम्बा एवं फापारे गायक सुनिल मोक्तानको नयाँ फापारे गीत ‘सैलुङ जात्थर’ सार्वजनिक

काठमाडौ । ताम्बा एवं फापारे गायक सुनिल मोक्तानको नयाँ फापारे गीत ‘सैलुङ जात्थर’ सार्वजनिक भएको छ।
सोमबार संविधान दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द स्वर सुनिल मोक्तान (बुद्विमान)‚ स्वर गायिका इन्दिरा गोलेको रहेका छन्।
गोने पूर्णे (जनै पूर्णिमा)को अवसरमा सैलुङ मेलामा छायाङ्कन गरिएको भिडियोमा गायक सुनिल‚ चन्द्रमान मोक्तान‚ बाबुलाल मोक्तान‚ साङलाल घिसिङ‚ रामकुमार योन्जन‚ इन्दिरा घिसिङ‚ स्मृति घिसिङ‚ सुष्मा तामाङले अभिनय गरेका छन् ।
गीतको संगीत संयोजन तथा संगीत विशाल योन्जनले गरेका छन् ।
त्यस्तै भिडियोको निर्देशन विशाल योन्जन‚ छायाङ्कन एवं ड्रोन गोपाल मगर र सम्पादन रोनित विशुङ्खेले गरेका हुन् ।
गीतमार्फत मेलामा दोस्तीसँग मायाप्रिति गाँस्न सम्बन्ध तयार गरिएको वचनबद्व भाकामा सुन्न सकिन्छ ।
एक महिनाअघि जनै पूर्णिमामा सैलुङ र दुधपोखरीका आसपासमा छायाङ्कन गरिएका सिनहरु भिडियोमा देख्न सकिन्छ ।
गायक मोक्तान तम्बा संघ नेपालका केन्द्रीय सदस्य हुन् भने सैलुङ भेग परिचित यूवा ताम्बा हुन् ।
गायक मोक्तानको यो भिडियोको अडियो एक वर्षअघि सार्वजनिक भएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्