15.1 C
Kathmandu

ब्रेकिङ समाचारकागेश्वरी मनोहरामा गोली लागेर गम्भीर घाइते भएका मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु 

कागेश्वरी मनोहरामा गोली लागेर गम्भीर घाइते भएका मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु 

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोमबार साँझ  गोली लागेर गम्भिर घाइते  भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद रहेको पुस्टि भएको छ । उनलाई  सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।

मोहम्मदलाई   त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्