20.1 C
Kathmandu

कला/ साहित्यरुबिभ्याली म्हेन्दोमाया कलाकार संघको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न 

रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न 

काठमाडौं । रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको आयोजनामा वडा दशैको पावन अवसरमा शुभकामना अादान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम असोज ०१ गते शनिबारका दिन नागार्जुन पार्टी प्यालेस, वसन्तनगरमा सम्पन्न भएको हो।

“म्हेन्दोमाया कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि” भन्ने मुल नाराका साथ असोज १ गते शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा म्हेन्दोमाया कलाकारहरूको बेजोड प्रस्तुतिले दर् कलाई नाची राख्न बाध्य बनाएका थिए ।

यस कार्यक्रममा म्हेन्दोमाया प्रेमीहरु लगायत म्हेन्दोमाया कलाकारहरुको उपस्थितिमा रसुवा, धादिङ, नुवाकोट र सम्पूर्ण म्हेन्दोमाया कलाकारहरूको प्रस्तुति रहि विभिन्न पक्षमा योगदान पुर्‍याउनुहुने संस्था, ब्यक्तिहरुलाई सम्मान कार्यक्रम पनि रहेका थिए ।

तामाङ पहिचानको जगेर्ना, म्हेन्दोमायाको संरक्षणको निमित्त गर्ने भनिएको यस कार्यक्रममा रुबिभ्याली गाउँपालिका प्रमुख रामसिङ तामाङको प्रमुख आतिथ्यता र बिशेष अतिथि रुबिभ्याली गाउँपालिका उपप्रमुख फेलामा तामाङ र अन्य अतिथीहरुमा म्हेन्दोमाया कलाकार संघ केन्द्रिय अध्यक्ष वाङ्छु पासाङ तामाङ, निवर्तमान अध्यक्ष आरम्भ तामाङ, म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष विकल लामा, म्हेन्दोमाया गायिका तथा समाजसेवी छिमी मम्बा तामाङ लगायत सम्पुर्ण रसुवा, धादिङ र नुवाकोटका पालिका जिल्ला अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

काठमाडौंमा बसोबास गर्नु हुने सम्पूर्ण रुबिभ्याली गाउँपालिकाका म्हेन्दोमाया कलाकारहरुको एकवद्धता, रुबिभ्यालिको संस्कृति, भेषभुषा प्रदर्शन गराउने, म्हेन्दोमायाको गीत सङ्गीतको बिकासको निमित्त गरिएको कार्यक्रमका सभापति जयविर तामाङले बताएका छन् ।

यस कार्यक्रमका प्रमुख अतिथी रामसिङ तामाङले ५ वर्षको कार्यकालमा रुबिभ्याली गाउँ पालिकाको विकासका गर्ने गराउने प्रतिवद्धता, पशु, कृषि, स्वास्थ्य सबै क्षेत्रमा कर्मचारी चयन गरि रहेको र सबै क्षेत्रमा बिकास गर्ने, युवाहरूलाई विभिन्न पक्षमा पुर्व तयारी कक्षाहरु संचालन गर्ने, युवाहरूलाई आकर्षित बनाउने र रुबिभ्यालीका हरेक गाउँ गाउँमा बिकासको बाटो, स्वास्थ्य चौकीहरुको निर्माण, बिद्यालयमा शिक्षकहरु थप गर्ने अभियान रहेको बताएका छन् ।

उक्त कार्यक्रममा रुबिभ्यालीका कलाकार र म्हेन्दोमाया प्रेमीहरुको आकर्षक भन्नू नै सम्पुर्ण रुबिभ्याली बासिन्दाहरुले लगाएको एउटै किसिमको ड्रेस र गरगहनाहरुले एक रुपता झल्काएको थियो ।

कार्यक्रम संचालन बिनिता तामाङले गरे सङ्गै संघका अध्यक्ष जयविर तामाङको सभापतित्वमा सम्पन्न भएको छ ।

News writer:Maya Thokar Tamang

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्