16.8 C
Kathmandu

कला/ साहित्य'हाल्छे सोजि चु माया' शनिबार हेटौंडा र बनेपामा एकै साथ सफलता पुर्वक...

‘हाल्छे सोजि चु माया’ शनिबार हेटौंडा र बनेपामा एकै साथ सफलता पुर्वक प्रदर्शन

काठमाडौ । जिम्बा फिल्म्स प्रोडक्शनको ११ औं प्रस्तुति ‘हाल्छे सोजि चु माया’ काभ्रे र हेटौडामा एकै साथ प्रदर्शन गरिएको छ । शनिबार काभ्रे बनेपाको शुभकामना सिनेमा हल र हेटौंडाको ओम्याक्स हलमा तामाङ भाषाको चलचित्र हाल्छे सोजि चु माया सफलता पुर्वक प्रदर्शन भएको छ ।

शनिबार एकै दिन दुई ठाउंमा प्रदर्शन मिति तय गरिएको उक्त चलचित्रले बनेपा र हेटौडा दुई वटा हलमा नै दर्शको अभाव रहेन । हेटौंडामा बर्षातको बाबजुत पनि पानीले भिजेरै भए पनि दर्शहरु हल सम्म आएर चलचित्र हेरेको जानकारी दिएका छन् चलचित्रका निर्देशक निमा लामा तामाङले । चलचित्रमा सबैले रुचाएक पात्र भुन्टे अर्थात सुनलाल वाइबा र निर्देशक निमा तामाङ लगायतका टिम हेटौंडा पुगेका थिए । निर्देशकद्धय लामाका अनुसार दर्शकहरुले हेटौंमा आफ्नो चलचित्रलाई गरेको माया र सकरात्मक प्रतिकृया प्रति हेटौंडाबासी लगायत सिंङ्गो तामाङ समुदायलाई धन्यवाद व्यक्त गरेका छन् ।

यत्ता निर्माता पेमा लामा योञ्जन, नायीका अबिना गोले, नायक कृष्ण लामा र अजेश लामा लगायतका टिम भने काभ्रेको बनेपा स्थित शुभकामना सिनेमा हलमा पुगेका थिए । तोकिएको समय भन्दा केही ढिला कार्यक्रम शुरु भए पनि बनेमा हाल्छे सोजि चु मायालाई माया गर्ने दर्शकको अभाव भने कत्ति पनि महशुस भएन । अरु बेला छिटपुट दर्शक र प्राय सुनसान अवस्थामा रहेको बेपाको शुभकामना हल भने शनिबार तामाङ दर्शकहरुले भरिएको थियो । साना बाल बालबालिका देखी हातमा लठ्ठि बोकेका बृद्धा दर्शकको समेत उपस्थिति रहेका थिए बनेपामा ।

खानीखोला गाउंपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा खानीखोला गाउंपालिका वडा नं.३ का वडाध्यक्ष सागर जिम्बा, अविरल जिम्बा लगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु र कलाकारहरुको आतिथ्यता रहेका थिए । छोटो समयमा सम्पन्न औपचारिक कार्यक्रमका बिच सहयोगी व्यक्तित्व र अतिथिहरुलाई मायाको वितरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता निर्माता पेमा लामा योञ्जनले गरेका थए भने स्वागत मन्तव्य नायिका अबिना गोलेले राखेका थिए ।

त्यसै गरि शनिबार सुर्यबिनायक स्थित बाराही मुभिजमा तामाङ भाषाकै चलचित्र ‘काख्रे’ प्रदर्शन रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्