26.1 C
Kathmandu

कला/ साहित्यतामाङ घेदुङ कास्कीका अध्यक्षले विद्यार्थी घेदुङको अधिवेशन रोक्न दबाव !

तामाङ घेदुङ कास्कीका अध्यक्षले विद्यार्थी घेदुङको अधिवेशन रोक्न दबाव !

काठमाडौ । नेपाल तामाङ घेदुङ कास्कीको अध्यक्ष मान बहादुर तामाङले नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङबो तामाङलाई फोन मार्फत अधिवेशन स्थगित गर्न दबाव दिएको कारण नेपाल तामाङ घेदुङ कास्कीका भातृ संगठन तामाङ विद्यार्थी घेदुङको अधिवेशन स्थगित गरिएको छ । नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङबो तामाङले शनिबार प्रेस विज्ञप्ति मार्फत अधिवेशन स्थगित भएको जानकारी दिएको छ ।

नेपाल तामाङ विद्यार्थी घेदुङ कास्की जिल्ला समन्वय समितिको मिति २०७९ श्रावण ८ गते बसेको बैठकले संघको विधान २०५० को परिच्छेद ७ दफा १९ (ग) अनुसार समन्वय समितिको जिल्ला अधिवेशन भाद्र २५ गते शनिबारका लागि निर्णय गरेका थिए । पुःन भाद्र १८ गतेका दिन नेपाल तामाङ घेदुङ पोखरा महानगरपालिका इकाई समितिको बैठकमा जिल्ला समन्वय समितिको अध्यक्ष मान बहादुर तामाङ समेतको उपस्थितिमा उल्लेखित मितिमा नै विद्यार्थी घेदुङको अधिवेशन गर्ने गराउने भनि निर्णय भए पश्चात कास्की विद्यार्थी घेदुङले अधिवेशनको तयारी गरेको नेपाल तामाङ विद्यार्थी घेदुङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार भाद्र २५ गतेको अधिवेशनको तयारी हुंदा हुंदै पनि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष मान बहादुर तामाङले भाद्र २३ गते दिउ.सो २ः१२ को समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमको तयारी नपुगे हुंदा अर्को सूचना नआए सम्मको लागी अधिवेशन स्थगित गरेको हो । विद्यार्थी घेदुङको अनुसार जिल्ला समन्वय समितिका अध्यक्षले विद्यार्थी घेदुङलाई कुनै जानकारी बिना नै अधिवेशन रोकेको जनाएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष मान बहादुर तामाङले विद्यार्थी घेदुङका अध्यक्षलाई अधिवेशन रोक्न फोन मार्फत दबाव समेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष मान बहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकमा तयारी नपुगेको कारण देखाई भातृ संगठन नेपाल तामाङ विद्यार्थी घेदुङ र संस्कृतिक घेदुङ कास्कीको अधिवेशन स्थगित भएको सूचना पोस्ट गरे पश्चात कास्कीका तामाङ विद्यार्थीहरु अन्यौलमा परेपछि विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङ्बो तामाङ लगायत सम्पूर्ण कास्कीका विद्यार्थीहरु भने यस निर्णय प्रती असन्तुष्ट रहेको सामाजिक संजाल मार्फत नै आफ्नो बिचार प्रकट गरेका छन् । भातृसंगठन भए पनि यो एक स्वयत्त संगठन हो । त्यसैले भातृसंगठनको कुनै पनि कार्यक्रमहरुमा यसरी हस्तक्षेप गरेको स्वीकारयुक्ति नभएको र जिल्ला समन्यय समितिको अध्यक्ष जस्तो पदमा बसेर गैर जिम्मेवारी पूर्वक अभिव्यक्ति दिनु गलत रहेको समेत असन्तुस्टि पक्षले सामाजिक सञ्जालमा प्रस्ट्याएका छन् । यद्यपि संस्कृतिक घेदुङले भने आजको दिन सम्म पनि कुनै आफ्ना विचारहरु राखेका छैनन् ।

जिल्ला समन्वय समितिका अध्यक्षले सामाजिक सञ्जालमा पोस्ट गरेको सूचना र विद्यार्थी घेदुङले जारी गरेको प्रेस विज्ञप्तिलाई आधार मान्ने हो भने विद्यार्थी घेदुङले कार्यक्रमको पुर्ण तयारी गरिसक्दा पनि अन्तिम समयमा जिल्ला समन्वय समितिका अध्यक्षले आफ्नो व्यक्तिगत मनोमानीका कारण अधिवेशन रोकिएको जस्तो देखिन्छ । आखिर जिल्ला समन्वय समितिका अध्यक्षले किन यस्तो अवस्था सिर्जना गरियो ?भन्ने विषयमा भने विद्यार्थीहरु अन्यौलमा रहेका छन् । विद्यार्थी घेदुङको मिति तय भएको अधिवेशनको तयारी जिल्ला समन्वय समितिले गर्नु पर्ने हो या विद्यार्थी घेदुङले नै ?कार्यक्रमको पुर्ण तयारी हुंदाहुंदै पनि व्यक्तिगत रुपमम किन अधिवेशन रोकियो ?भन्ने खालका प्रश्न गर्ने ठाउँहरु प्रसस्तै देखिन्छन् ।

News writer: Maya Thokar Tamang

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्