काठमाडौ । जिम्बा फिल्म्स प्रोडक्शनको ११ औं प्रस्तुति तामाङ भाषाको चलचित्र ‘हाल्छे सोजि चु माया’ (कस्ले बनाये या माया) को प्रिमियर शो सम्पन्न भएको छ । शनिबार काठमाडौको चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न प्रिमियर शो मा दर्शकहरुको ओहिरो लागेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/tulsang-n-milang-1024x682.jpeg)
हिमालय छुल्ठिम कार्पेटका सञ्चालक तथा समाजसेवी छेवाङ लामाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको समुद्घाटन भने बशेष अतिथि सितेरियो कराते काठमाडौका जिल्ला अध्यक्ष ज्ञान बहादुर जिम्बाले गरेका थिए । कार्यक्रममा नेपाल तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्ष गायक तथा संगीतकार बिशाल काल्तान, चलचित्र संघ नेपालका उपाध्यक्ष दिपक तामाङ, तामाङ समुदायका महानायक अमिर दोङ, कलाकार तथा समाजसेवी रुप बहादुर स्याङ्तान लगायत अन्य कलाकार तथा व्यावसायीहरुको समेत आतिथ्यता रहेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/ammir-bishal-1024x682.jpeg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/ammir-bishal-1024x682.jpeg)
पहिलो पटक ‘सेम न्हाङला माया’ चलचित्रबाट निर्देशनको यात्रा शुरु गरेको निमा लामा तामाङले विभिन्न नेपाली र तामाङ चलचित्र गरेर ‘हाल्छे सोजि चु माया’ सम्म आउँदा उनको यो १३ औँ चलचित्र रहेको छ । निमा लामा तामाङले ‘दोर्जे हारङ्बा एला कर्म’, ‘तिङ्ला नाङ्साल’, ‘आपाला माया’, ‘छार केवा’ लगायतका दर्जनौं चलचित्रहरुमा निर्देशन गरेका छन् । शनिबार प्रिमियर शो गरिएको उक्त चलचित्र निर्देशकद्धय निमा लामा तामाङकै कथा र निर्देशनमा बनेको चलचित्र हो । चलचित्रको नाम हेर्दा र सुन्दा बिशुद्ध प्रेम कहानीमा आधारीत चलचित्र जस्तो लागे पनि अन्त सम्म चलचित्र हेर्दा भने पछिल्ला समय निर्माण व्यवसाय ठेक्का पट्टाको कारण समाजमा घटेका अपराधिक घटनलाई समेत यस चलचित्रले उतार्न खोजेको देखिन्छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/patrakar-toli-1024x682.jpeg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/patrakar-toli-1024x682.jpeg)
निर्माण पक्षले चलचित्र हेर्न गएका दर्शकहरुलाई भावुक बनाउने र हसाउने बिषयमा समेत मध्यनजर राखेर निर्माण गरेको देखिन्छ । चलचित्रको मुख्य भुमिकामा नायकको रुपमा कृष्ण लामा र आजेश लामा रहेको छ । नायीका अबिना गोलेको साथमा अन्तमा अतिथि कलाकारको रुपमा निर्मला मोक्तानलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्माता पेमा लामा योञ्जन हुन् । दर्शकहरुसंग हामीले लिएको प्रतिकृया अनुसार भने नयां कथा बस्तु नभए पनि समग्रमा चलचित्र राम्रो बनेको प्रतिकृया दिएका छन् । अधिकांश दर्शकले भने भुन्टेको रोलमा दर्शकलाई हसाउने रुवाउने सुनलनल वाइबाको खुलेरै प्रशंसा गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/darshak-1024x682.jpeg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/darshak-1024x682.jpeg)
केही कलाकारहरु, समाजसेवी व्यक्तित्व, सञ्चारकर्मी लगायतको उपस्थितिमा मात्र चलचित्रको प्रिमियर शो गर्ने योजना बनाएको हाल्छे सोजि चु मायाका सिङ्गो टिमले चलचित्र हेर्न हल सम्म आउने दर्शकको मायालाई भने नकार्न र रोक्न सकिएन । जस्को कारण अन्तिम समय सम्म दर्शकहरु हलभित्र कोही उभेर र कोही भुइमै बसेर समेत चलचित्र हेरेका थिए । अझ कार्यक्रम तोकिएको समय भन्दा केही ढिला शुरु भएको र हलभित्र बस्ने ठाउँ नपुगेका कारण केही दर्शकहरु भने चलचित्र नहेरि फर्केका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/patrakar2-1024x682.jpeg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/patrakar2-1024x682.jpeg)
निर्देशक निमा लामाले भने ”यो विशेष व्यक्तित्वहरु मात्र हेरेर प्रिमियर गर्नका लागी मात्र शो गरिएको हुंदा हामीलाई माया गरेर हल सम्म आएका भगवानरुपी दर्शकहरुलाई बस्ने ठाउँको अभाव भएकोमा सिङ्गो टिमको तर्फबाट माफी माग्न चहान्छु । धेरै दुःख गरेर तपाईहरुकै लागी भनेर बनाएको चलचत्रि फेरी पनि विभिन्न ठाउँहरुमा थप व्यवस्थित गरेर तपाईहरुलाई देखाउने छौँ ।” उने भने ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/darshak2-1024x682.jpeg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/09/darshak2-1024x682.jpeg)
‘हाल्छे सोजि चु माया’ असोज १ गते हेटौडाको ओम्याक्स् हल रा काभ्रे बनपेको शुभकामना हलमा एकै साथ प्रदर्शन गर्ने तयारी रहेको चलचित्र निर्माण पक्षले जानकारी दिएका छन् ।