24.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा खतरा लेखिएको प्रेसर कुकर बम डिस्पोज

काभ्रेमा खतरा लेखिएको प्रेसर कुकर बम डिस्पोज

काठमाडौ । काभ्रेको बिपी राजमार्गमा खतरा संगै एमएसपी र एमसीसी लेखिएको प्रेसर कुकर बम फेला परेको छ । प्रेसर कुकरको बाहिर खतरा लेखि टांसेको अवस्थामा बम देखे पछि बिपी राजमार्गमा सवारी आवात जावत रोकेका थिए । धुलिखेल नगरपालिका ९ स्थित बिपी राजमार्गमा बम देखे पछि स्थानयले प्रहरीलाई खबर गरे, नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गणको बम डिस्पोजल टोली बम भएको स्थल पुगेका थिए ।

बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले झन्डै दुई घन्टा लगाएर डिस्पोज गरेको थियो । बम डिस्पोज गरे पछि सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारीले बताए ।

बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्