24.1 C
Kathmandu

समाचारतामाङ पत्रकार संघद्धारा आयोजित मिडिया अर्वाडमा ईश्वर तामाङ र सञ्चु ब्लोन सम्मानित

तामाङ पत्रकार संघद्धारा आयोजित मिडिया अर्वाडमा ईश्वर तामाङ र सञ्चु ब्लोन सम्मानित

काठमाडौ ‘२८ औं तामाङ प्रसारण दिवस’को उपलक्ष्यमा तामाङ पत्रकार संघको संघिय कार्यसमितिद्धारा आयोजित ‘तामाङ मिडिया अर्वाड २०७९ वितरण समारोह’ मार्फत दुई जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमध्य ईश्वर तामाङ बरुवा टाईम्सका कार्यकारी सम्पादक हुन भने तामाङ पत्रकार संघ उदयपुरका अध्यक्ष समेत हुन् । अर्को सम्मानित सञ्चारकर्मी सञ्चु ब्लोन अर्थात सञ्च कुमारी ब्लोन लालितपुर निवासि हुन् । उनी तामाङ सञ्चार समुहको पुर्व उपाध्यक्ष समेत हुन् ।

बि.सं २०५१ साल भाद्र १ गतेका दिन ईतिहासकै पहिलो पटक तामाङ भाषाको समाचार रेडियो नेपाल मार्फत प्रसारण गरेको दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउंदै आएका छन् । यसै क्रममा यहि दिनलाई स्मरण गर्दै तामाङ पत्रकार संघले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने अतिथिहरुमा विभिन्न तामाङ संघ संस्थाका प्रतिनिधिहरुको साथमा सञ्चार संग सम्बन्धित संगठनहरुका प्रतिनिधिहरु समेत रहेका थिए ।

कार्यक्रममा तामाङ पत्रकार संघका संघिय अध्यक्ष सुवास योञ्जनको अध्यक्षता रहेका थिए भने संघको महासचिव तिर्थमान बलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सम्मानित दुई जना पत्रकारलाई तामाङ अर्वाड सहित नगदद्धारा सम्मान गरिएका थिए ।

तामाङ प्रसारण दिवस देशै भर विभिन्न संघ संस्थाहरुले फरक फरक कार्यक्रमका विच मनाउंदै आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्