19.1 C
Kathmandu

समाचारतामाङ पत्रकार संघ बाग्मतीको आयोजनामा अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

तामाङ पत्रकार संघ बाग्मतीको आयोजनामा अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । ‘२८ औं तामाङ प्रशारण दिवस‘को अवसरमा तामाङ पत्रकार संघ बाग्मतीले अन्तरकृया तथा सम्मान कार्यक्रमका वीच मनाएको छ । संघले बाग्मती प्रदेशमा तामाङ भाषाको रेडियो कार्यक्रमको अवस्था, अवसर र चुनौती विषयक अन्तरकृया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

मंगलबार चुच्चेपाटी काठमाडौ स्थित नेपाल तामाङ घेदुङको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ पत्रकार संघका संघीय अध्यक्ष सुवास योञ्जन विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको विशेष अतिथिहरुमा बलेफी गाउंपालिका उपाध्यक्ष सरु तामाङ, नेत्रावती गाउंपालिका उपाध्यक्ष सिता चोदेन रहेका थिए । अतिथिहरुमा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रममा सबै जसो अतिथिहरुले हाल तामाङ पत्रकारहरुको समस्याको बारेमा उजागर गर्दै समस्या समाधानको उपाय संगै मुख्यमन्त्रीलाई श्रोत व्यवस्थापनको निमित्त अनुरोध गरेका थिए । प्रमुख अतिथि बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले भने तामाङ पत्रकार लगायत आदिवासी पत्रकारहरुले जातीय मुद्धा भन्दा माथी उठेर शिक्षा र सिपलाई अधिकतम प्राथमिकता दिएर कलम चलाउन सुझाव दिएका थिए ।

उक्त कार्यक्रमका बिच बलेफी गाउंपालिका उपाध्यक्ष सरु लामा, नेत्रावती गाउंपालिका उपाध्यक्ष सिता चोदेन, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेपाल प्रेस युनियनका सचिव लालकुमार मोक्तान, नेपाल प्रेस युनियनका सदस्य नेत्र तामाङ, प्रेस सेन्टरका सचिव डिल ब.थोकर, सह–कोषाध्यक्ष बुद्ध लोप्चान लाई बधाई तथा सम्मान गरेका थिए ।

बि.सं.२०५१ साल भाद्र १ गते पहिलो पटक तामाङ भाषामा रेडियो नेपालमा रमिता लामाको आवाजमा समाचार वाचन गरेको दिनलाई स्मरण गर्दै तामाङ पत्रकार संघका विभिन्न जिल्लाहरुमा पनि फरक फरक कार्यक्रमका बिच तामाङ प्रसारण दिवस मनाउने क्रम रहेको छ । यसै क्रममा गत साता तामाङ पत्रकार संघ भक्तपुरले ३ दिने निशुल्क उद्घोषण, व्यक्तित्व विकास, छापा र अनलाइन पत्रकारिता तालिम सञ्चालन गरेका थिए भने भोली १ गते तामाङ पत्रकार संघको संघीय कार्यसमितिले तामाङ प्रशारण दिवसकै दिन पारेर भृकुटीमण्डप, काठमाडौ स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा तामाङ मिडिया अवार्ड तथा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।

२८ औं तामाङ प्रशारण दिवसको अवसरमा अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रका बिच मनाउंदै आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्