16.1 C
Kathmandu

समाचारजनैपूर्णिमा जात्रा मनाउन तेमालमा २ दिन सार्वजनिक विदा

जनैपूर्णिमा जात्रा मनाउन तेमालमा २ दिन सार्वजनिक विदा

काठमाडौ । काभ्रेको तेमाल गाउँपालिकाले जनैपूर्णिमा मेलाको अवसरमा २ दिनको बिदा घोषणा गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले एक सूचना जारी गर्दै अध्यक्ष स्तरीय निर्णय अनुसार २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

जनैपूर्णिमाको अवसरमा देशैभरी विभिन्न स्थानहरुमा मेला/जात्रा हुने गर्दछन् । तेमालको नारायणस्थान पोखरीमा रहेको श्री सत्य नारायण मन्दिर परिसरमा जनै पूर्णिमाको अघिल्लो दिन र जनै पूर्णिमाको दिन जात्रा हुने गर्दछ । उक्त दिन उपत्यका र उपत्यका आसपासबाट समेत मानिसहरु मेला भर्न आउने गर्दछन् ।

यसै मेलाको अवसर पारेर तेमाल सरकारले श्रावण २६ र २७ गते गरि दुई दिन बिदाको घोषणा गरेका हुन् । बिदाको दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

विशेषत विभिन्न ठाउंबाट बाजा गाजा सहित झांक्रिहरुको समुहहरु आउने गरेको यो मेलालाई तेमालमा सांस्कृतिक मेलाको रुपमा मनाउंने गर्दछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्