17.1 C
Kathmandu

समाचारमन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा गर्ने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा गर्ने तयारी

काठमाडौ । बिहीबार १ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषदको नियमित बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिएको छ ।

आज बस्ने बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा गर्ने रहेको छ । मन्त्रीका अनुसार बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोहीे सहमतिअनुसार मंसिर ४ गते नै संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने रहेको हुंदा त्यहीँ अनुसार निर्णय गर्ने तयारी रहेको छ ।

गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित सत्तारुढ दलहरुको बैठक भोलि शुक्रबार बिहान साँढे नौं बस्ने निर्णय बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्