20.1 C
Kathmandu

समाचारवाइसीएलको दोस्रो राष्ट्रिय भेलाको तयारी तिब्र

वाइसीएलको दोस्रो राष्ट्रिय भेलाको तयारी तिब्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का भातृ संगठन वाइसीएलको दोस्रो राष्ट्रिय भेलाको तयारी तिब्र बनाएका छन् । भदौं ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको लागि विभिन्न उपसमितिहरु बनाएर वाइसीएल नेता कार्यकर्ताहरु विभिन्न जिल्ला तथा प्रदेश बैठकहरु बोलाएर छलफल गरिरहेका छन् ।

विधान तथा प्रतिवेदन लेखन उपसमितिको जिम्मा पाएका वाइसीएल संयोजक सुमन देवकोटाको अनुसार विधान तथा प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । साथै उनले वाइसीएलमा उमेर हदबन्दिको सवालमा कुन तहमा कुन उमेर समूहसम्म बस्न पाइने विषयमा व्यापक बहस चलिरहेको र विशेषगरी युवाहरूलाई उद्यमशीलतामा जोड्ने विषयमा राजनीतिक प्रतिवेदनमा जोड दिएको बताए ।

कार्यक्रम व्यवस्थापन उपसमितिको जिम्मा पाएका वाइसीएल सह(संयोजक सुबोध शेर्पालीका अनुसार विभिन्न प्रदेशहरुबाट करिब ५ सय प्रतिनिधिहरु सहभागी हुने बताएका छन् । प्रत्येक जिल्लाबाट अनिवार्य महिला सहित ३ जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुने र कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनीत गर्ने बताए ।

त्यसैगरी आर्थिक व्यवस्थापन उपसमितिको जिम्मा पाएका वाइसीएलका संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ (कसम) का अनुसार आर्थिक व्यवस्थापनको नाममा कुनै पनि व्यापारीहरुलाई जबर्जस्ती चन्द नउठाउने तर पार्टी संगठनमा आबद्ध कोही व्यापारीहरुले स्वइच्छाले सहयोग गर्न चाहेमा सहयोग लिने बताए । साथै प्रत्येक प्रदेशलाई आर्थिक कोटा तोकेर आर्थिक व्यवस्थापन गर्ने बताएका छन् ।

प्रचारप्रसार उपसमितिका जिम्मा पाएका पार्टीका केन्द्रीय सदस्य गणेश शाहीले संगठनको विभिन्न लोकप्रिय नाराहरु, विभिन्न ब्यानर तथा फ्लेक्सहरु बनाउने काम तिव्ररुपमा अगाडि बढिरहेको जानकारी गराएका छन् ।

साउनको १८ गते भित्र सबै प्रदेशको बैठकहरु सम्पन्न गर्ने केन्द्रीय सर्कुलर अनुसार सुदुरपश्चिम बाहेक सबै प्रदेशहरुको बैठक सम्पन्न भइसकेका छन् । प्रथम राष्ट्रिय भेलामा अध्यक्षमा सुमन देवकोटा र सुबोध शेर्पालीबीच सहमत जुट्न नसकेपछि २०४ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । यसपटकको दोस्रो भेलाबाट भने नयाँ नेतृत्व सहितको पदाधिकारीको टुङ्गाउने तयारी गरिरहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्