काठमाडौ । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाब बढेसँगै त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारीले बताए ।
‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो भने नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो ।
गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको प्रमुख जिल्ला अधिकारीले बताए ।