काठमाडौ । कपिलवस्तुमा वर्षासँगै आएको बाढीले एक दम्पतीलाई बगाएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरूलाई बगाएको हो । उनीहरूसँगै बगेका १२ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।