24.1 C
Kathmandu

कला/ साहित्यतामाङ सेलो गीत “हिमाली गाउँको आस्याङकी छोरी” भिडियो सहित सार्वजनिक

तामाङ सेलो गीत “हिमाली गाउँको आस्याङकी छोरी” भिडियो सहित सार्वजनिक

काठमाडौ । तामाङ गीत संगीतको बजारमा पछिल्ला समय दिनानुदिन जस्तै नयां नयां गीतका म्युजिक भिडियो हरु सार्वजनिक हुंदै आएका छन् । यसै क्रममा शनिबार काठमाडौको जोरपाटी स्थित एक होटलमा बिशेष कार्यक्रमका बिच ज्योमो गाङ मिडियाले “हिमाली गाउँको आस्याङकी छोरी” बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।

शनिबार सम्पन्न म्युजिक भिडियो सार्वजनिक तथा पत्रकार सम्मेलनमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो प्रमुख अतिथिको रुपमा रहेका थिए भने बिशेष अतिथिहरुमा नेपाल तामाङ कलाकार संघका महा सचिव रोशन फ्युबा, मिक्सिङ मास्टर तथा दिप स्टुडियोका सञ्चालक दिपेश प्रधान रहेका थिए । कार्यक्रममा तामाङ समुदायका कलाकार तथा व्यवसायीहरुको समेत बाक्लो उपस्थिति रहेका थिए ।

ज्योमो गाङ मिडियाले निमार्ण गरिएको उक्त गीतमा सञ्जिव तामाङ शब्द रहेको छ भने संगीत सानुबाबु घिसिङको रहेको छ । गीतमा आवाज भने नव गायक प्रेम लामा दोङ र गायीका सृजना स्याङतानको रहेको छ । गीतको अडियो एरेञ्ज जोगलाल लामाको रहेको छ । त्यसै गरि मिक्सिङ दिपेस प्रधानको रहेको छ ।

गीतको भिडियो तर्फ भने समीर स्याङ्बाको निर्देशनमा मोडल पेम्बा लामा, सोना तमाङ, अबेश तामाङ र सुशिला घलानको मुख्य अभिनय तथा नृत्य रहेको छ । भिडियोको छायांकन विरेन तितुङले गरेको हो भने भिडियो सम्पादन तथा रंग सम्पानदन अनिल कुमार मर्हजनले गरेका हुन् ।

ज्योमोगाङ मिडियाका अध्यक्ष समीर स्याङबोको अध्यक्षतामा सम्पन्न भएको उक्तकार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरेका थिए।

भिडियो हेर्नुस्…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्