28.1 C
Kathmandu

समाचारश्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

काठमाडौ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा आफ्नै श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने बर्ष ४३ को कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया आफ्नैश्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको अधिकारीले जानकारी दिए । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्