19.1 C
Kathmandu

ब्रेकिङ समाचारभक्तपुरको सल्लाघारीमा रूख ढल्दा तीनजनाको मृत्यु, एक दर्जन भन्दा वढी घाइते

भक्तपुरको सल्लाघारीमा रूख ढल्दा तीनजनाको मृत्यु, एक दर्जन भन्दा वढी घाइते


भक्तपुर-भक्तपुरको सल्लाघारीमा रूख ढलेर च्याप्दा तीनजनाको मृत्यु भएको छ। घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको अनुमान छ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने गुडिरहेको स्कुटर च्याप्दा स्कुटरमा बसेका एकजनाको मृत्यु भएको हो।

टाफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीनजनाको मृत्यु र एक दर्जन भन्दा वढी घाइते भएका छन्। उनका अनुसारा मृतक र घाइतेहरुको नाम आउन बाँंकी नै छ।

ठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्वरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए। उनका अनुसार गाडीमा सवै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए।

पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए। घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ। घटना दिउँसो १२ बजेतिर भएको बताइएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्