16.8 C
Kathmandu

कला/ साहित्यनेमा लोप्चानको 'एला गोईलो'मा केटीको निहुमा गोली चल्यो

नेमा लोप्चानको ‘एला गोईलो’मा केटीको निहुमा गोली चल्यो

काठमाडौ । नेमा लोप्चानको ‘एला गोईलो’को भिडियोमा केटीकै लागी मोडलहरुले एक आपसमा गोली चलाएको दृश्य रहेको छ । शुक्रबार तामाङ सुपर स्टार डम्फु मिडियाबाट सार्वजनिक भएको तामाङ गीत ‘एला गोईलो’मा भिडियोको अन्तमा गोली चलेको दृश्य देख्न सकिनेछ ।

झण्डै ११ मिनेट लामो भिडियोको शुरुमा ठट्यौली दोहोरी गीत संगै तामाङ चलचत्रिका महानायक अमिर दोङ, सन्जिव गोलेको साथमा रस्मिला लामाको आकार्षक नृत्यमा भरपुर मनोरन्ज लिन सकिन्छ भने भिडियोको अन्तमा मोडल हेरुका लामा, महानायक अमिर दोङ र मोडल सन्जिव गोले बिचको सम्वात संगै गोली चलेको दृश्यले दर्शकको मनमा भिडियो अझै नसोकोस भन्ने अनुभुती दिलाउन सक्ने खुराक पस्किन सफल भएको छ निर्माण पक्ष ।

शुक्रबार सार्वजनिक भएको एला गोईलो बोलको गीतमा निमा दोङको शब्द रचना रहेको छ भने संगीत सानुबाबु घिसिङको रहेको छ । यस गीतमा आवाज चर्चित गायीका जितु लोप्चान र च्वाईस दोङको रहेको छ । अडियोको एरेन्ज जोगलाल लामाको रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देशन/नृत्य निर्देशनमा तामाङ चलचित्रका महानायक अमिर दोङ, मोडल सन्जिव गोले र रश्मिला तामाङको नृत्य र अभिनय हेर्न सन्छि भने अतिथि कलाकारमा मोडल हेरुका लामाको इन्ट्रि रोचक देखिन्छ ।

भिडियो छायांकन तथा रंग सम्पादन बज्र ङ्यासुरको रहेको छ भने भिडियो डम्फु मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोछ ।

भिडियो हेर्नुहोस्……

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्