30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गर्ने'पूर्व सैनिक'पक्राऊ

जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गर्ने’पूर्व सैनिक’पक्राऊ

८ जुलाई २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गर्ने ब्यक्ति पक्राऊ परेसंगै ‘पूर्व सैनिक’रहेको कुरा खुलेको छ।
जापानी संञ्चारसंस्थाहरूका अनुसार जुलाई ८ तारिख बिहान करिब ११ः३० बजे गोली प्रहार गर्ने ब्यक्ति सेल्फ डिफेन्स फोर्सका पूर्व सद्स्य हुन।जापानमा संबिधानमा नै सैनिक राख्न नपाउन उल्लेख भएका कारण जापानमा सेल्फ डिफेन्स फोर्स अर्थात आत्मरक्षा बलको रूपमा सैन्य संरचना रहेको छ।
हालसम्मको ताजा बिबरण अनुसार आबेमाथि गोली प्रहार गर्ने यामागामी तेन्स्युया तीन बर्ष सेल्फ डिफेन्स फोर्समा रहेर काम गरेका थिए।उनले ३ बर्षसम्म डिफेन्स फोर्समा काम गरेर सन २००५ मा सेवा छाडेको बताईएको छ।
अभियुक्तले पुर्ब प्रधानमन्त्री आबेमाथि चुनाबी सभामा नारा प्रान्तमा चिउॅंडो र छातीमा २ वटा गोली प्रहार गरेका थिए।
यसबारे विस्तृत विवरण प्राप्त हुने क्रममा रहेको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्