30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

८ जुलाई २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।जापानको नारा सहरमा यहांको माथिल्लो सदनको निर्वाचन प्रचारको क्रममा भाषाण दिईरहेको बेला आबेमाथि बिहान करिब साढे ११बजेतिर गोली प्रहार भएको हो।
जापानी समाचार संस्था माईनिचि सिन्बुनले आबेमाथि गोली हानिएको जानकारी प्राप्त भएको र अचेत अवस्थामा ढलेका आबेलाई अस्पताल लगिएको उल्लेख गरिएको छ। प्रहरीले घटनास्थलमा रहेका ब्यक्तिको पहिचानबारे थप अनुसन्धान गरिरहेको छ।
आज करिब ११ः३० बजे नारा शहरको यामातो-सैदाईजी स्टेशन नजिकै भाषण दिईरहेका पूर्बप्रधानमन्त्री आबेमाथि पछाडीबाट गोली प्रहार भएपछि उनी बेहोस भएर ढलेको र एम्बुलेन्समार्फत अस्पताल लगिएको एनएचके संस्थाले उल्लेख गरेको छ।
दमकल बिभागका अनुसार पूर्वप्रधानमन्त्री आबेलाई कार्डियोपल्मोनरी अरेस्ट भएकोले उनलाई गन्तब्य अस्पतालबाट काशिहरा शहरको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा चिकित्सकको हेलिकप्टरबाट लैजाने योजना रहेको छ।
साईडमा आन्तर्वार्ता लिएका एनएचके रिपोर्टरका अनुसार,त्यसबेला २ पटक बन्दुकको गोली जस्तो आवाज सुनिएको थियो र पूर्व प्रधानमन्त्री आबे रगत बगेर ढलेका थिए।त्यसपछि प्रहरीले हत्या प्रयासको अशांकामा एक ब्यक्तिको पहिचान गरेर घटनास्थलबाट पेस्तोल पनि बरामद भएको छ।प्रहरीका अनुसार अन्दाजी ४० बर्षका ती ब्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरी उनको पेस्तोल बरामद गरिएको थियो।
प्रहरी अधिकारीका अनुसार आबेको कार्डियोपल्मोनरी अरेस्ट भएको जानकारी आएको छ र हामी पूष्टी गर्दै अगाडी बढीरहेको एनएचके ले उल्लेख गरिएको छ।
एक सरकारी अधिकारीले भने,’मैले उक्त क्षेत्रबाट रिपोर्ट प्राप्त गरेको छु कि उहां होसमा हुनुहुन्न र अवस्था एकदमै खराब छ।’
सम्बोधन सुन्ने मानिसहरूका अनुसार आबेको भाषाण सुरूभएको करिब १/२ मिनेटमा नै गोली चलेको थियो।त्यसपछि आबे बेहोस भएर ढलेका थिए। उनको छातीमा गोली लागेको र एम्बुलेन्सले बोकेको जानकारी आएको छ।
लिबरल डोमोक्रयाटिक पार्टी आबे गुटका एक अधिकारका अनुसार पूर्बप्रधानमन्त्री आबेलाई ८ तारिख बिहान नारा प्रिफेक्चरमा सडमा भाषाण दिदा उनको छातीमा गोली लागेको र एम्बुलेन्स मार्फत लगिएको जानकारी आएको छ। प्रहरीका अनुसार आबेलाई पछाडीबाट बन्गोदुकले गोली हानेको देखिन्छ। हाल जिवन बचाउने उपायहरू जारी छ। तर अवस्था अज्ञात छ।
प्रधानमन्त्री किशिदाले मिडियलाई’हामी समयसमयमा सुचना संकलन गरिरहेक बताएका छन।’
साथै,फ्रान्सको एएफपी समाचार एजेन्सीले पूर्बप्रधानमन्त्री आबे घाईते भएक जानकारी दिएका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्