23.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानद्धारा असार ३२ गते प्रदर्शन हुने चलचित्र...

तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानद्धारा असार ३२ गते प्रदर्शन हुने चलचित्र दार्बुङको टेलर सार्वजनिक

काठमाडौ । कोभिड–१९ का कारण थलिएको सिङ्गो चलचित्र जगत पछिल्ला केही महिना यत्ता बिस्तारै तङ्ग्रिदै आएको छ । यसै क्रममा तामाङ चलचित्र जगतमा पनि नयां नयां चलचित्रहरु प्रदर्शन गर्ने क्रम बाक्लिदै आएको छ । गत केही साता अघि मात्रै तामाङ चलचित्र टु अर्थात पसिनाको बिशेष प्रदर्शन गरिएको थियो भने त्यसपछि व्यवसायीक रुपमा तामाङ चलचित्रलाई उतार्ने उदेश्यका साथ काख्रे भोली प्रदर्शन गर्ने तयारी रहेको छ ।

यहि क्रममा मनसुन सुपर स्टार मुभिजको प्रस्तुतिमा सञ्जय लामाको तामाङ चलचित्र दार्बुङको टेलर सार्वजनिक गरिए संगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यस अघि नायक सञ्जय लामा आफैले अभिनय गरेको चलचित्र सेम्रिन मुला मायाको सफलता पछि लामाले यस पटक भने तामाङ चलचित्र दार्बुङ प्रदर्शन गरिने भएको छ । शुक्रबार जोरपाटी स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत निर्माण पक्षले जानकारी दिए अनुसार दार्बुङ यहि असार ३२ गते शनिबारको दिन काठमाडौ स्थित राष्टिय नाचघर जमलमा दिनको ठिक १ः०० प्रदर्शन गरिने भएको छ ।

आज सम्पन्न टेलर सार्वजनिक तथा चलचित्र प्रदर्शन मिति घोषणा अर्थात पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख आतिथ्यता रहेका थिए । पत्रकार सम्मेलनमा पत्रकार र कलाकारका बिच चलचित्र दार्बुङ संग सम्बन्धित रहेर निक्कै चर्का चर्की आलोचनात्मक रुपमा टिकाटिप्पणीहरु गर्ने क्रम लामो बेर सम्म चल्यो । कार्यक्रममा पत्रकारको तर्फबाट कत्तिपयले दार्बुङ र तामाङ समुदाय बिचको सम्बन्धको बारेमा प्रश्न उठाएका थिए भने कत्तिपयले स्व.जयनन्द लामाको अभिनय रहेको उक्त चलचित्रको टेलर सार्वजनिक गर्दा समेत उहां प्रति सानो श्रद्धाञ्जली कार्यक्रम नराखेकोमा दुःख व्यक्त गरेका थिए । यसर्थ पछिल्ला केही समय यत्ता म्युजिक भिडियो सार्वजनिक कार्यक्रम होस या चलचित्र प्रदर्शनको मिति घोषणा तथा टेलर सार्वजकि कार्यक्रममा भिडियो हेरे पश्चात पत्रकारका लागी फ्लोर ओपन गरेर प्रश्न, जिज्ञासा र सल्लाह सुझाव लिने चलन चल्दै आएको छ । जस्को कारण अबका दिनहरुमा हरेक पत्रकार सम्मेलनमा तामाङ कलाकारहरुले पत्रकारको जवाफ दिन सक्ने अवस्था सिर्जना गरेपश्चात मात्र भिडियो निर्माण गर्ने र सार्वजनिक गर्नुपर्ने अवस्था आएको छ ।

निर्माण पक्षबाट नायक सञ्जय लामा र नायीका सुनिता लुङ्बाले मात्र पत्रकारहरु मार्फत उठेका प्रश्नहरुको जवाफ दिन निक्कै हम्मेहम्मे भयो । अन्तमा प्रमुख अतिथि कुमार मोक्तानले जब आफ्नो मन्तव्य राखे तव कार्यक्रमस्थलमा केही बेर सबै मौन रहे । मन्तव्यको शुरुवातमै व्यङ्ग्यात्मक तवरले प्रस्तुत भएको कुमार मोक्तानले पत्रकार र कलाकार दुवै पक्षलाई सम्हाल्ने प्रयास भने प्रभावकारी नै रह्यो । समग्रमा पत्रकारहरुबाट उठेका प्रश्नहरुलाई समेत सम्बोधन हुने गरि मन्तव्य दिएका मोक्तानले चलचित्र दार्बुङको टिमलाई समेत चलचित्र भित्र रहेका केही अदृश्य कमजोर पक्षलाई बिषय वस्तु बनाएर आफ्ना बिचार प्रस्तुत गरेका थिए । यत्ति मात्र नभएर छोरीको भाग्यलाई माटोको गाग्रीसंग तुलना गरेर छोरी चेलीको मानसिकता कमजोर बनाउने काम चलचत्रि निर्माण पक्षले गर्न नहुने कुरा समेत व्यक्त गरे । अब चलचित्र निर्माण पक्षले चलचित्र निर्माण गर्दा तामाङ भाषाको चलचित्र हो या तामाङ कथानक चलचित्र निर्माण गर्न लागेको हो सबै भन्दा पहिला अनिवार्य बुझ्नु पर्ने कुरा उल्लेख गरे ।

असार ३२ गते शनिबार प्रदर्शन मिति तोकिएको चलचित्र दार्बुङले एउटा गरिब परिवारमा जान्मेका अशक्त युवाको जीवन यापनका दौरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपू चेली बिचको प्रगाढ सम्बन्धलाई चित्रण गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । नायकद्धय सन्जय लामा र अर्जुन खड्का द्धारा निर्देशीत चलचित्र दार्बुङको निर्माता लोसाङ लामा/इकेस लामा रहेका छन् भने सहनिर्माताहरुमा पर्खाइ मोक्तान र भुइसाल लामा रहेका छन् । त्यसै गरि द्धन्द सुरज श्रेष्ठ गीतकार सम्झना लामा÷बुद्ध ब्लोन तामाङ, पाश्र्व संगीत/संगीतकार कार्साङ लामा, पाश्र्व गायक/गायिकाहरुमा बबिता पाख्रीन, पुजा लामा, आकाश ब्लेन, कार्साङ लामा, सम्पादन अर्जुन खड्का, मिक्सिङ दिपक तामाङ, छायंकन प्रज्वल राउत, मेकअप नरेश खरेल, प्रमोशन गीतमा जितु लोप्चान र प्रयास दोङ रहेका छन् ।

त्यसै गरि कलाकारहरुमा स्व.जयनन्द लामा, हुत्त सन्जय लामा, सुनिता लुङबा, मान ब.तामाङ, सिर्जना गोले, डोमो ह्योल्मो, मायादेवी मोक्तान, भुइसल लामा लगायत अन्य थुप्रै कलाकारहरुको समेत अभिनय रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्