25.1 C
Kathmandu

कला/ साहित्यअसार १८ गते विशेष प्रदर्शन हुने तामाङ चलचित्र 'काख्रे' (गंगटो) को प्रोमो...

असार १८ गते विशेष प्रदर्शन हुने तामाङ चलचित्र ‘काख्रे’ (गंगटो) को प्रोमो सार्वजनिक

काठमाडौ । कोभिड–१९ कारण थलिएको सिंगो चलचित्र जगत पछिल्ला केही समय यत्ता तंग्रीदै आएको छ । विदेशी तथा मूलधारका चलचित्रहरुले खंचाखंच हल भरिएसंगै तामाङ चलचित्र क्षेत्रले पनि बिस्तारै आफ्नो क्षेत्र ओगट्न थालेका छन् ।

यसै क्रममा तामाङ चलचित्र ‘काख्रे’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार जोरपाटी स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत ‘काख्रे’को प्रोमो सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति समेत घोषणा गरेका छन् । पत्रकार सम्मेलन मार्फत ‘काख्रे‘का कथाकार तथा नायक ऋतुराज पाख्रिनले जानकारी दिए अनुसार उक्त चलचित्र यहि असार १८ गते शनिबार दिनको ठिक १ः०० बजे काठमाडौ स्थित राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने भएको छ ।

तामाङ चलचित्र ‘काख्रे‘ को निर्माण पक्षले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघ नेपालका केन्द्रिय अध्यक्ष एवम् नायक कुमार मोक्तान प्रमुख अतिथिको रुपमा रहेका थिए भने अन्तरास्ट्रिय तामाङ परिषदका सचिव रबिन तामाङ, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष बिनायक तामाङ, तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल, निर्देशक/नायक अमिर दोङ, वाईबा समाजका अध्यक्ष बिगेन्द्र वाईबा लगायतका अतिथि रहेका थिए ।

यहि असार १८ गते विशेष प्रदर्शन गरिने भनिएको उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेको छ । रोशन फ्युवा तामाङले निर्देशन गरेको काख्रे (गंगटो)मा ऋतुराज पाख्रीन, सुनिता लुङबा, प्रबल थिङ, सिंग बहादुर तामाङ, प्रभा घिसिङ, सपना वाइबा, किरण गोर्खे, रेशम स्याउले लगायत अन्य कलाकारहरुको समेतअभिनय रहेको छ । नयकद्धय ऋतुराज पाख्रिनको कथा रहेको उक्त चलचित्रको निर्देशन रोशन फ्युबाले गरेका हुन् भने नृत्य निर्देशन अजय स्याङतानको रहेको छ । यसै गरी चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरिएको काख्रेमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।

चलचित्रको संपादन भने निर्देशकद्धय रोशन फ्युबाले गरेका हुन् । चलचित्रमा पार्श्व संगीत अमित श्रेष्ठको रहेको छ । यसै गरि गायक रिन्जिन लामा र गायिका शशिकला मोक्तानको आवाज रहेको छ । चलचित्रमा समाबेस गरिएको गीतको शब्द भने साङ्गे ब्लोन र रिन्जिन लामाको रहेको छ ।

२०७९ असार १८ गते शनिबार प्रदर्शन हुने तामाङ चलचित्र काख्रे (गंगटो) को टेलर हेर्नुहोस……

हाम्रो चलचित्र, राम्रो चलचित्र…..असार १८ गते काख्रे हेर्नका लागी सबैलाई निमन्त्रणा

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्