29.1 C
Kathmandu

कला/ साहित्यनिमा दोङ र जितु लोप्चानको आवाजमा बेङ्ग्यारी ह्योङ्ला सार्वजनिक(भिडियो सहित)

निमा दोङ र जितु लोप्चानको आवाजमा बेङ्ग्यारी ह्योङ्ला सार्वजनिक(भिडियो सहित)

काठमाडौ । तामाङ गीतसंगीतको बजारमा फेरि अर्को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निमा दोङ र जितु लोप्चानको आवाजमा तामाङ गीत बेङ्ग्यारी ह्योङ्ला भिडियो सहित सार्वजनिक भएको छ ।

आज(शुक्रवार) भक्तपुर स्थित सेकुवा जक्सनमा एक कार्यक्रमका बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

बरिस्ठ गायक तथा सङ्गीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सम्पन्न म्युजिक भिडियो सार्वजनिक कार्यक्रम तथा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको “बेङ्ग्यारी ह्योङ्ला” बोलको तामाङ गीतको शब्द रचनाकार चन्द्र दोङ रहेका छ्न । यसै गरि यस गीतको सङ्गीत र एरेन्ज सानुबाबु घिसिङको रहेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।

भिडियो तर्फ भने प्रतिक ङ्यासुरको निर्देशन तथा कोरियोग्राफिमा लाक्पा लामा र सुनिता योन्जनको अभिनय/ नृत्य हेर्न सकिनेछ ।

भिडियोको छायंकन र सम्पादन भने बिक्रम मोक्तानले गरेका हुन ।

कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय तामाङ घेदुङका महा सचिव प्रविन बल रहेका थिए भने अतिथिहरुमा नायक सागर घिसिङ, चर्चित गीतकार कुमार स्याङ्बा लगायत अन्य कलाकारहरुको उपस्थिति रहेका थिए ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्