18.1 C
Kathmandu

समाचारहलबाहिर अभिनेत्री मिरुना मगर विरूद्ध प्रदर्शन पश्चात ‘कबड्डी ४’को प्रदर्शनमा रोक

हलबाहिर अभिनेत्री मिरुना मगर विरूद्ध प्रदर्शन पश्चात ‘कबड्डी ४’को प्रदर्शनमा रोक

काठमाडौ । आज बिहान १० बजेदेखि चावहिल स्थित के.एल. टावर अगाडि अभिनेत्री मगर विरुद्ध नाराबाजी सहितको प्रदर्शन चर्के पश्चात के.एल.टावर स्थित एफ्क्युब् मल्टिप्लेक्स्ले ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।

आफूमाथि दव्र्यवहार गरेको भन्दै लामाको पोशाकमै चलचित्र हेर्न गएका एक भिक्षुले मगरमाथि दुर्व्यवहार गरेको भन्दै लामा माथि थप्पड हानेर प्रहरीसामु बुझाएको खबर आए आए संगै अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलको के.एल टावर को प्रंगणमा प्रदर्शन गरेको हो ।

चौतर्फी दबाव् र नाराजुलसका कारण ‘कबड्डी ४’को प्रदर्शन रोकेको श्रोतले जनाएको छ । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको छ भने हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुने जानकारी गरेका छन् ।

नारा जुलुस संगै अभिनेत्री मिरुना मगरले सार्वजनिक रुपमा माफि माग्नुका साथै सो घटनामा पक्राउ परेका लामालाई बिना शर्त रिहाइको माग राखेका छन् । अभिनेत्री मगर बिरुद्ध नारा लगाउंदै प्रदर्शनमा आएकाहरुले यदि मगरले सार्वनजनिक रुपमा माफ माग्ने र लामालाइृ रिहा नगरेमा चलचित्र प्रदर्शनमा रोक लगाउनुका साथै कबड्डी ४ लाई बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्