20.1 C
Kathmandu

समाचारअभिनेत्री मिरुना मगर विरूद्ध चाबहिलमा प्रदर्शन, लामा भिक्षुलाई रिहा गर्न माग

अभिनेत्री मिरुना मगर विरूद्ध चाबहिलमा प्रदर्शन, लामा भिक्षुलाई रिहा गर्न माग

काठमाडौ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा नारा जुलुस सहितको प्रदर्शन भएको छ । आफूमाथि दव्र्यवहार गरेको भन्दै लामाको पोशाकमै चलचित्र हेर्न गएका एक भिक्षुले मगरमाथि दुर्व्यवहार गरेको भन्दै लामा माथि थप्पड हानेर प्रहरीसामु बुझाएको खबर आए संगै अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलको के.एल टावर को प्रांगणमा प्रदर्शन गरेको हो ।

आज बिहान १० बजेदेखि प्रदर्शन भइरहेको चावहिलमा तामाङ समुदायका नायिका सुकु मोक्तान लगायत अन्य समुदायका मानिसहरुको समेत बाक्लो उपस्थिति रहेका थिए । उनीहरुले अभिनेत्री मगर विरुद्ध नाराबाजी गर्ने, व्यानर च्यातेर जलाउने कार्य गरेका छन् ।

नारा जुलुस संगै अभिनेत्री मिरुना मगरले सार्वजनिक रुपमा माफि माग्नुका साथै सो घटनामा पक्राउ परेका लामालाई बिना शर्त रिहाइको माग राखेका छन् । अभिनेत्री मगर बिरुद्ध नारा लगाउंदै प्रदर्शनमा आएकाहरुले यदि मगरले सार्वनजनिक रुपमा माफ माग्ने र लामालाई रिहा नगरेमा चलचित्र प्रदर्शनमा रोक लगाउनुका साथै कबड्डी ४ लाई बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।

अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै आइतबार मुगु घर भएका २४ वर्षीय फुर्वा लामालाई चावहिल स्थित के.एल टावर बाट प्रहरीले पक्राउ गरेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्