22.1 C
Kathmandu

समाचारबेपत्ता जहाज अपडेटः कोही पनि जीवित अवस्थामा भेटिएन

बेपत्ता जहाज अपडेटः कोही पनि जीवित अवस्थामा भेटिएन

काठमाडौ । पोखराबाट ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरि खोजि कार्य भएको थियो । उक्त जहाजमा चलक दलका ३ जना सहित २२ जना रहेको मा कुनै पनि जिवित नरहेको खुलेको छ ।


जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको जानकारी दुर्घटना स्थलबाट एक व्यवसायीले जानकारी दिएको छ । उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइको थियो । आइतबार खराब मौसमका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएका थिए।

त्यही आधारमा भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको छ । उनका अनुसार शवहरु जलेको अवस्थामा छैनन्, कतिपय अनुहार चिन्न सकिने अवस्थामा छन ।’

क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए भने जहाजम को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्