30.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धको प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा रत्न लामा विजयी

नमोबुद्धको प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा रत्न लामा विजयी

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उप–प्रमुखमा माओवादी केन्द्रको रत्न बहादुर लामा विजयी भएका छन् । लामाले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट प्रमुख पदको लागि उम्मेद्वार दिएका थिए भने गठबन्धकै तर्फबाट मओवादी केन्द्रबाट उप–प्रमुख पदको लागि उम्मेद्वार दिएका रत्न बहादुर लामा पनि गठबन्धनसंगै विजयी भएका हुन् ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख पदको लागी नेकपा एमालेको तर्फबाट टि.पी शर्मा, नेपाली कांग्रेसका तर्फबाट कुन्साङ लामा र माओवादी केन्द्रको तर्फबाट रत्न बहादुर लामा यी तिनै जना पात्र नगर प्रमुख पदका लागि चुनावी मैदानमा रहेका थिए । त्यस बेला नेकपा एमालेको तर्फबाट टि.पी शर्माको जितसंगै कुन्साङ लामा र रत्न बहादुर लामाले हार व्यहोरेका थिए । तर यस पटक भने नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेद्वार राजन भुर्तेल, उप–प्रमुख पदका उम्मेद्वार सम्झना लामा गठबन्धनका उम्मेद्वार कुन्साङ लामा र रत्न बहादुर लामा संग चुनावी मैदानमा रहेका थिए ।

कुन्साङ लामाले नेकपा एमालेका प्रमुख पदका उम्मेद्वार राजन भुर्तेललाई र रत्न लामाले सम्झना लामालई पराजित गरेका हुन् । कुन्साङ लामाले ११२११ मत ल्याएर जित हात पारेका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी राजन भुर्तेलले ५८२२ मत प्राप्त गरेका छन्। त्यसै गरि गठबन्धनका उप–प्रमुख पदका उम्मेदवार रत्न बहादुर लामाले ८१८७ मत सहित सम्झना लामालाई पराजित गरेका हुन् भने उनका प्रतिद्धन्द्धी सम्झना लामाले ६५४३ मत प्राप्त गरेका छन् ।

त्यसै गरि नमोबुद्ध नगरपालिकाका ११ वटा वडाहरु मध्य वडा नं.१ मा स्वतन्त्र उम्मेद्वारले जितेका छन् भने वडा नं.२, ३, ५, ६ र ९ गरि पांच वटा वडाहरुमा नेपाली कांग्रेस जितेका छन् । त्यसै गरि वडा नं.४, ८ र ११ गरि तिन वटा वडाहरुमा नेकपा एमालेले जितेका छने भने वडा नं.७ र १० मा माओवादी केन्द्रले जितेका छन् । समग्र नमोबुद्ध नगरपालिका चुनावी नतिजा हेर्ने हो भने गठबन्धनको नाममा माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा(एकीकृत समाजवादी) ले भने शुन्य नतिजामा चित्त बुझाउनु पर्ने अवस्था रहेको पाईन्छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्